धनकुटाको हिलेमा २ सय जनालाई कोरोना भाईरस विरुद्धको बुस्टर डोज खोप

धनकुटा । धनकुटा नगरपालिका १ नं वडा कार्यलय हिलेबाट आज २ सय जनालाई कोरोना भाईरस विरुद्धको बुस्टर डोज खोप लगाईएको छ ।

१ नं वडा कार्यलय र नेपाली सेनाको समन्वयमा १ सय १ पुरुष र ९९ जना महिला सहित जम्मा २ यस जनालाई बुस्टर डोज खोप लगाईएको वडाध्यक्ष निरन तामाङले जानकारी दिनुभयो ।

भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध गराएको यो खोप महाशिवरात्री तथा सेना दिवसको अवसर पारी सेना सँगको समन्वयमा वाडवासीलाई लगाईएको उहाँले बताउनुभयो ।

७ सय ७० बुस्टर डोज खोप रहेकोले भोलि पनि बडा बाट खोप लगाईने वडाले जनाएको छ । यसअघि भेरोशिल र कोभिशिल्डको दोश्रो डोज लगाएको ६ महिना नाघेहरुलाई बुस्टर डोज दिईएको वडाध्यक्ष तामाङले वताउनुभयो ।

यसअछि भेरोशिल र कोभिशिल्डको एक मात्रा खोप लगाएकाहरुले पनि दोश्रो डोजको रुपमा यही खोप लगाउन मिल्ने उहाँले वताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।