महिला शिक्षकहरुको क्षमता तथा नेतृत्व विकास प्रशिक्षण सम्पन्न
धनकुटा । धनकुटामा महिला शिक्षकहरुको क्षमता तथा नेतृत्व विकास प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रम नेपाल शिक्षक संघ महिला विभाग धनकुटाको आयोजनामा सम्पन्न भएको हो ।
तालिमको उद्घाटन गर्दै नेपाल शिक्षक संघ १ नं कार्य समितिका कार्यवहाक अध्यक्ष निर्मला कोईरालाले नेपाली महिला शिक्षकले परिवर्तनका लागी महत्वपूर्ण योगदान दिएको वताउदै महिला शिक्षकहरुको क्षमता र नेतृत्व विकासका लागी सवैले सहयोग गर्नु पर्नेमा जोड दिनु भयो ।
यसैगरी प्रदेश सांसद लिला सुब्बाले महिलाहरुलाई पनि राज्यको हरेक तहमा निर्णायक ढंगले सहभागी गराउनु पर्नेमा जोड दिनु भयो । नेपाल शिक्षक संघ महिला बिभाग धनकुटाका संयोजक दिल कुमारी राईको अध्यक्षतमा सम्पन्न प्रशिक्षणको उद्घाटन कार्यक्रममा नेपाल शिक्षक संघका १ नं प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई , नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु, अर्थ सचिव रोहीणी पाण्डे,नेपाल शिक्षक संघ धनकुटा नगर कार्यसमितिका अध्यक्ष लक्ष्मी सापकोटा,गोकुण्डेश्वर माविका प्रधानाध्यापक दामोदर मिश्र लगायतले यस प्रशिक्षण कार्यक्रमले धनकुटाको महिलाहरुमा नेतृत्व विकास हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य नेपाल शिक्षक संघ धनकुटका सहसचिव बिमला सन्तोषी राईले राख्नुभयो । कार्यक्रमको संचालन नेपाल शिक्षक संघ महिला विभागका सदस्य कल्पना ढुंगेलले गर्नु भएको थियो ।
नेपाल शिक्षक संघका प्रदेश कार्यवाहक अध्यक्ष निर्मला कोईराला,प्रदेश कार्य समितिका अर्थ सचिव राम कुमारी भण्डारी र प्रदेश कार्य समिति सदस्य अर्जना ढकालले क्षमता विकास र नेतृत्व विकास सम्वन्धि प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा ३० जना महिला शिक्षकहरुको सहभागीता थियो ।


