धनकुटाका धावक लिम्बुले काठमाडौं देखि धनकुटा सम्म एकल म्याराथन दौड गर्ने
धनकुटा,१८ फागुन । धनकुटाका धावक देविन्द्र खेवा लिम्बु डेविडले काठमाडौँको दशरथ रंगशाला देखि धनकुटाको तल्लो टुडिखेल सम्म एकल म्याराथन दौड गर्ने भएका छन् ।
धनकुटामा आज पत्रकार सम्मेलन गर्दै धावक लिम्बुले यही फागुन ३० गते देखि सुरु गरेर यही चैत ५ गतेमा दौड पुरा गर्ने गरि दौडन लागेको जानकारी गराएका हुन् ।
“स्वाथ्यका लागि दौड र राष्ट्रका लागि खेलकुद ” भन्ने नाराका युवाहरु लाई स्वाथ्यका लागि सचेत गराउनका साथै खेलकुद प्रति आकर्षण गराउन र धनकुटा सहीत प्रदेश न १ लाई खेलकुदको माध्यम बाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तर सम्म चिनाउनका लागि म्याथुन दौड गर्न लागेको उनको भनाई छ ।
उनि संग दमकका मेघराज राईले समेत दौडने छन् तर मेघराज दशरथ रङगशालाबाट कोटेश्वर, सिन्धुली, बर्दिबासको रुट हुँदै ईटहरीसम्म सँगै आएर मेघराज दमक र डेविड धनकुटातर्फ लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
धनकुटा वडा न ७ निवासी देबिन्द्र खेवा लिम्बुले काठमाडौं टु धनकुटा करिब ४७५ किलोमिटर दौडिन्छन् । देबिन्द्रको प्रायोजक युमा साम्युङ महासंघ युके समिति, नेपाली समाज बहराईन, जिल्ला खेलकुद ९एथलेटिक० धनकुटा र जनता समाजवादी खेलकुद संघका तर्फबाट नेत्र बिक्रम नेम्वाङले सहयोग गर्ने भएका छन् ।
‘मेरो पहिले लाहुरे बन्ने सपना थियो तर असफल भएँ, अनि नेपाल शसश्त्र प्रहरीमा जवानको रुपमा केही वर्ष कार्यरत रहेँ, त्यस पश्चात जागिर छाडेर वैदेशिक रोजगारीका लागि बहराईन गएँ, मैले त्यहाँ थुप्रै दौडहरुमा भाग लिएँ नेपालमा पनि धेरै चोटि म्याराथुन जितेको छु, उनले भने ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला खेलकुद एथलेटिक धनकुटा अध्यक्ष किरण प्रधानले आफुहरुले धावक लिम्बु लाई प्राविधिक लगायत अन्य सहयोग गर्ने बताउँदै दौड सफलताको शुभकामना दिनु भएको थियो ।


