साहित्यकार निरौलाको कविता संग्रह “सयपत्री माला” विमोचन
दमक । साहित्यकार लक्ष्मीप्रसाद निरौलाको कविता संग्रह सयपत्री माला विमोचन गरिएको छ ।
कवि निरौलाको यो १२ औं कृति हो ८६ बर्षिय कवि निरौलाको २०१५ साल मै सयपत्री थुँगो कविता संग्रह प्रकाशित भएको थियो । कृति विमोचन समारोहमा बोल्दै वक्ताहरुले प्रकृतिप्रदत संरचनाको रुपमा सयपत्री माला रहेको बताए ।
कृतिमा प्रस्तुत भएका कविताहरु कालजयी रहेको समेत उपस्थित साहित्यकारहरुले टिप्पणी गरेका थिए । कृतिमा कविको खारीएको प्रस्तुती आएको र त्यस भित्र अर्ति उपदेश, भजनमाला, औषधीमुलो, वोटविरुवा, साहित्य, धर्म लगायतका धरै कुरा कविता संग्रहमा समेटिएका छन् ।


