धनकुटाको पाख्रीबासमा स्थित जाल्पादेवी क्याम्पसको चौथो साधारण सभा सम्पन्न

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा स्थित जाल्पादेवी क्याम्पसको चौथो साधारण सभा १ उपाध्यक्ष र ३ सदस्य निर्विरोध चयन गर्दै आज सम्पन्न भएको छ ।

चौथो साधारण सभाको बन्दसत्रबाट उपाध्यक्षमा वेद बहादुर विश्वकर्मा निर्विरोध चयन हुनुभको छ । त्यस्तै सदस्यमा राम बहादुर खड्का , मोहन बस्नेत र नम्रता देउजा पनि निर्विरोध चयन भएका छन् ।

आध्यक्ष पदका लागि वृषबहादुर राई,भिम राई र सम्झना आलेको नाम डिनको कार्यलयमा पठाएको क्याम्पसका प्राध्यापक किशोर राईले बताउनु भयो । साधारण सभाको उद्घाटन सत्र क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा नपा प्रमुख वृष बहादु्र राईको अध्यक्षता र संघिय सभा सदस्य राजेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

बन्दशस्त्रको निवार्चन मण्डलमा संयोजक निर्मल रिमाल,सदस्यमा मान बहादुर राई र उर्मिला गुरुङ रहेका थिए । स्वागत मन्तव्य सञ्चालक समिति उपाध्यक्ष देव विश्वकर्माले राख्नुभएको थियो भने सञ्चालन प्राध्यापक किसोर राईले गर्नु भएको थियो ।

क्याम्पसको आय व्यय विवरण निमिक्त क्याम्पस प्रमुख रञ्जित गुरागाईले प्रस्तुत गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖