कृषकहरुलाई कृषि उद्यमबारे सचेत

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ मा कृषकहरुलाई कृषि उद्यमबारे सचेत गराईएको छ ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा १ नं प्रदेश सभा सदस्य आरसी तुम्बाको १ लाख आर्थिक सहयोगमा ४ नं वडाका करिब २ सय कृषकलाई व्यवसायिक तरकारी खेती, माटोको उपचार विधि लगायतको सचेत गराईएको हो ।

४ नं वडाको आयोजनामा भएको कार्यक्रमको सहजिकरण कृषी ज्ञानकेन्द्र धनकुटाका कृषी विज्ञ सुरज खनालले गर्नुभएको थियो । कार्यक्रममा वडाध्यक्ष निरौलाले १० वटै वडाका १५,१५ जना उत्कृष्ठ किसानहरुलाई सुपर नेपियर जातको घाँसकका विरुण नि:शूल्क वितरण गर्र्ने योजना रहेको वताउनुभयो ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा १ नं प्रदेश सभा सदस्य तुम्बाको प्रमुख आतिथ्य तथा ४ नं वडाध्यक्ष सोभित निरौलाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य जनता समाजवादी पार्टीका पाख्रीवास नगर अध्यक्ष जितेन्द्र माङ्गपाहाङ्ग राईले राख्नुभएको थियो । सञ्चालन स्थानीय बुद्धिजीवी वीरबहादुर न्यौपानेले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖