५२ घरधुरीलाई फिल्टर वितरण
धनकुटा । धनकुटा जिल्लाको सहिदभूमी गाउपालिका वडा नं ७ का वडा अध्यक्ष बम बहादुर राईले ५२ घरधुरीलाई फिल्टर वितरण गरेकाछन् ।
वडा नं ७ का चिम्राहा,वाचकर्नेका ५२ घरधुरीलाई ७५ हजार बराबरको फिल्टर खरीद गरेर वितरण गरेको हो ।
वडा नं ७ काे गैरीटोलमा गएको सुख्खा पहिरोको कारण बर्खायाममा पानिको मुहान प्रदूषित भई पिउने पानी धमिलो भएर धमिलो पानी पिउनु पर्ने समस्या भएकाले स्वछ खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले फिलटर वितरण गरिएको वडा अध्यक्ष राईले बताउनुभयो ।
फिल्टर वितरण कार्यक्रममा वडा सचिव लगायत स्थानीय बुद्धिजीवी समाजसेवीको उपस्थित रहेको थियो ।


