एनआरएनए निर्वाचन: मनोनयन दर्ता आज, अध्यक्षकाे उम्मेदवारी शुल्क १० लाख

लन्डन, २३ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वको निर्वाचनका लागि मनोनयन दर्ता आजबाट सुरु हुने भएको छ ।

संघको निर्वाचन समितिका प्रमुख भीमसेन बन्जाराका अनुसार पूर्वनिर्धारित कार्यतालिकाअनुसार सोमबारदेखि भोलि साँझ ५ बजेसम्म मनोनयन दर्ता प्रक्रिया जारी रहने छ । उम्मेदवार हुन चाहने व्यक्तिले अनलाइन तथा प्रत्यक्ष संघको कार्यालयमा उपस्थित भएर आफ्नो उम्मेदवारी दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ ।

संघको अध्यक्षसहित ५१ पदाधिकारीका लागि मनोनयन हुन लागेको निर्वाचन समितिले जनाएको छ । गत अक्टोबरका लागि तय गरिएको निर्वाचन प्रतिनिधि विवादका कारण रोकिएको थियो । निर्वाचन समितिले २१ र २२ मार्चका लागि अनलाइन निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले सोमबार बिहान अन्तिम ३५ सय ९० जनाको मतदाता नामावलीसमेत सार्वजनिक गरेको छ ।

संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा कुल आचार्य, डा. बद्री केसी र रविना थापाले उम्मेदवारी घोषणा गरेका छन् । संघको अध्यक्षको उम्मेदवार बन्न १० लाख नेपाली रुपैयाँ वा अमेरिकी डलर १० हजार, महिलासहित उपाध्यक्षहरूका लागि सात लाख रुपैयाँ, महासचिवका लागि ६ लाख रुपैयाँ, सचिव तथा कोषाध्यक्षका लागि पाँच लाख रुपैयाँ ताेकिएकाे छ ।

सहकोषाध्यक्षका लागि चार लाख रुपैयाँ, महिला, युवा र क्षेत्रीय संयोजकका लागि तीन लाख ५० हजार रुपैयाँ, महिला, युवा र क्षेत्रीय उपसंयोजकका लागि दुई लाख ५० हजार रुपैयाँ र र आईसिसी सदस्यहरूका लागि एक लाख रुपैयाँ तोकिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।