छथरजोरपाटीले स्थापना दिवसमा सार्वजनिक विदा दिने

धनकुटा,२५ फागुन । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले फागुन २७ गते शुक्रबार सार्वजनिक विदा दिने भएको छ ।

गाउँपालिकाको पाँचौ स्थापना दिवशको अवसरमा विदा दिने निर्णय गाउँकार्यपालिकाको फागुन २० गतेको बैठकले निर्णय गरेको र त्यस दिन सबै सरकारी कार्यलय, सार्वजनिक संस्थामा विदा दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्य द्धारा जारी गरिएको सुचनामा जनाईएको छ ।

चाँगुनारायण नगरपालिकाको स्थापना दिवसमा विभिन्न रत्न, विभूषण वितरण
भक्तपुर, २५ फागुन (रासस) ःचाँगुनारायण नगरपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा विभिन्न रत्न एवं गौरव सम्मानबाट विभूषित गर्ने भएको छ ।

नगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै नगरप्रमुख सोमप्रसाद मिश्रले सरकारले आफ्ना नागरिकलाई दिने विभिन्न विभूषणजस्तै नगरपालिकाले पनि आफ्ना नगरवासीका लागि रत्न, गौरव, ओजस्वीलगायतका विभूषणहरु प्रदान गर्ने निर्णय भएको बताउनुभयो ।

नगरपालिकाको यही फागुन २७ गते सम्पन्न हुने पाँचाँै स्थापना दिवसका अवसरमा राष्ट्रियसभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हातबाट ‘चाँगुनारायण रत्न एक, चाँगुनारायण गौरव एक, चाँगुनारायण ओजस्वी प्रथम एक, द्वितीय दुई, तृतीय तीन, चाँगुनारायण स्वर्ण माला प्रथम एक, द्वितीय दुई, तृतीय तीन, चाँगुनारायण ज्ञानपुञ्ज प्रथम एक, द्वितीय दुई र तृतीय तीन गरी २० जनालाई विभूषण प्रदान गरिने बताउनुभयो ।

विदेशमा रहेर ख्याति कमाएका चाँगुनारायणवासी तथा चाँगुनारायणको विकासमा विभिन्न क्षेत्रबाट उल्लेख्य योगदान गर्ने व्यक्तिलाई विभिन्न पदक एवं विभूषणबाट सम्मान गर्ने निर्णयानुसार नगरपालिकाले बनाएको छनोट समितिले विभूषित हुने व्यक्तिको नाम छनोट गर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी नगरपालिकाको विभिन्न क्षेत्रमा योगदान पु¥याउने थप १० जनालाई ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिने बताउँदै उहाँले यो विभूषण र सम्मानले नगरपालिकाको विकासमा लाग्न सबै क्षेत्रका व्यक्तिलाई थप प्रोत्साहन मिल्ने अपेक्षा राखिएको बताउनुभयो ।

स्थापना दिवसकै दिन नगरपालिकाले बालमैत्री स्थानीय शासन लागू गर्दै नगरपालिकालाई उपत्यकाकै पहिलो ‘बालमैत्री नगरपालिका’ घोषणा गर्ने र सोही अवसरमा देशकै दोस्रो ‘कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त’ नगरपालिका घोषणा गरिने नगरप्रमुख मिश्रले बताउनुभयो ।

कार्यक्रममा जनप्रतिनिधि आएपछि नगरपालिकामा भएका पाँचवर्षे उपलब्धिका कामहरु समेटिएर प्रकाशित गरिएको पुस्तक ‘चाँगुनारायण विकास दर्पण’ को सार्वजनिक पनि गरिनेछ । त्यस दिन नगरपालिका अन्तर्गतका अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय बन्द गरिने भएको छ । नगरपालिकाले नगर अस्पताल तथा स्वास्थ्य चौकीका अत्यावश्यक सेवाबाहेक नगरपालिकाभित्रका वडा कार्यालय, विभिन्न विभागीय कार्यालय, शाखा र विद्यालयहरु बन्द गरी कार्यक्रममा सहभागी गराउने निर्णय गरेको छ । कार्यक्रममा प्रत्येक वडाबाट झाँकीसहितको ¥याली प्रदर्शन पनि गरिनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।