धनकुटा नगर क्षेत्रमा जेष्ठ नागरिक लक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन

धनकुटा । जेष्ठ नागरिक जिल्ला संघ धनकुटाले धनकुटा नगर क्षेत्रमा जेष्ठ नागरिक लक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

सोही अनुसार आज धनकुटा नगरपालिका वडा नं १० उत्तरपानीमा जेष्ठ नागरिकको सेवा सुविधा र उपभोग विषयक अन्तरक्रिया सञ्चालन गरिएको छ ।

जेष्ठ नागरिक संघका जिल्ला सदस्य तिलक प्रसाद राईको प्रमुख आतिथ्य तथा संघका १० नं वडाध्यक्ष बल बहादुर अधिकारीको अध्यक्षतामा सञ्चालित अन्तरक्रियामा जेष्ठ नागरिकहरुका लागि राज्यले व्यवस्था गरेको सेवा सुविधा तथा यसको उपभोगको बारेमा जानकारी गराईएको छ ।

अन्तरक्रियालाई सम्बोधन गर्दै संघका सदस्य तथा प्रमुख अतीथि राईले राज्यले आफुहरुका लागि व्यवस्था गरेको सेवा उपभोग गर्न जेष्ठ नागरिकहरु राजनीतिक हिसावले विभाजित हुन नहुने बताउनु भएको छ । त्यसैले राजनीतिक हिसाबमा जसले जुन पार्टी मा आस्था राखे पनि हामी जेष्ठ नागरिक हौ भन्ने भावले एक जुट आबश्यक रहेको उहाँले बताउनु भयो ।

त्यस्तैगरि जेष्ठ नागरिक संघ धनकुटा नगरपालिका वडा नं ७ का वडाध्यक्ष वुद्धिकान्त घिमिरेले स्वयम् जेष्ठ नागरिकहरुले पनि आफुहरुका लागि राज्य र सम्बन्धित निकायले के कस्ता सेवा सुविधाको व्यवस्था गरेको छ भन्नेबारे चासो र जानकारी राख्नु पर्ने उल्लेख गर्नुभयो ।

अन्तरक्रियामा जेष्ठ नागरिकको परिचय र पाउने सेवाको विषयमा संघका जिल्ला सदस्य गेहेन्द्र किम्दाङ राईले सहजिकरण गर्नुभएको थियो । ८६ वर्ष सम्मका ४५ जना जेष्ठ नागरिक सहभागि भएको अन्तरक्रियामा यस्ता कार्यक्रमहरु गर्दा जेष्ठ नागरिकहरुलाई मास्क,स्यानिटाईजर जस्ता आवश्यकीय र उपयोगी सामाग्रीहरु वितरण गरे राम्रो हुने सुझाव दिएका थिए ।

अन्तरक्रियमा स्वागत मन्तव्य जेष्ठ नागरिक संघ धनकुटा नगरपालिका १० का वडा समिति सल्लाहकार संयोजक अमरराज खनालले राख्नुभएको थियो । सञ्चालन सचिव यज्ञ प्रसाद दाहालले गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।