निजी शिक्षा क्षेत्रमा गुणस्तर बृद्धिको लागि अझै धेरै कामहरु गर्न बाँकी : अध्यक्ष पौडेल

धनकुटा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल नेश्नल प्याब्सन को सातौँ राष्ट्रिय महाधिवेशन एवम् दोस्रो प्रदेश अधिवेसनबाट प्रदेश नं १ को अध्यक्ष पदमा निर्वाचित धनकुटाका राजन पौडेलले आफुलाई सहयोग गर्ने सदस्य विद्यालयका संस्थापक तथा प्रिन्सिपलहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

धनकुटामा लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशिल पौडेल धनकुटा इङलिस सेकेण्डरी बोर्डिङ स्कुलका संस्थापक हुनुहुन्छ । नेश्नल प्याब्सन धनकुटाका संस्थापक अध्यक्ष रहेर २ कार्यकाल जिल्ला अध्यक्ष समेत भईसक्नुभएका उहाँले समग्र निजी विद्यालयको गुणस्तर बृद्धि धनकुटा जिल्लाकै शैक्षिक गुणस्तरको बृद्धिमा उल्लेखनीय काम गर्नुभएको छ ।

देश संघिय शासन ब्यवस्थामा गएपछि परिवर्तन भएको नेश्नल प्याब्सनको विधान अनुसार प्रदेश १ को संस्थापक सचिवको जिम्वेवारी कुशलता पुर्वक निर्वाह गरिसक्नुभएका पौडेल केन्द्र देखि स्थानीय तहसम्मका सबै शैक्षिक नेताहरूले रूचाएका, सरल र मिजासिलो स्वभाव, कुशल संगठन शैली र निजी क्षेत्रका अग्रणी ब्यक्तिको पहिचान बनाई सक्नुभएको छ ।

पौडेललाई जिताउन सहयोग गर्ने नेश्नल प्याब्सन धनकुटा अध्यक्ष दिनेश भण्डारी लगायत सम्पूर्ण जिल्ला समिति पदाधिकारी तथा सदस्यहरुलाई उहाँले धन्यबाद ज्ञापन गर्नुभएको छ ।

पौडेलले निजी शिक्षा क्षेत्रमा गुणस्तर बृद्धिको लागि अझै धेरै कामहरु गर्न बाँकी रहेको बताउनुभएको छ । उहाँले समग्र शैक्षिक क्षेत्रमा सुधारका लागि सबै पक्षको सहयोगको अपिल गर्दै आफुले निरन्तर काम गर्ने प्रतिबद्दता समेत व्यक्त गर्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।