घर घरमै नाप तौल सम्वन्धि घुम्ति शिविर सञ्चालन
धनकुटा । धनकुटाका व्यापारी,व्यावसायी र उद्यमीहरुको सेवाका लागि घर घरमै नाप तौल सम्वन्धि घुम्ति शिविर सञ्चालन गरिएको छ । धनकुटा उद्योग बाणिज्य संघको संयोजनमा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले व्यापारी,व्यवसायिहरुको सेवाका लागि नाप तौल –ढक तराजु,मिटर को नविकरण शुरु गरेको हो ।
विहिबार धनकुटा बजारबाट शुरु गरिएको घुम्ति शिविर आज पनि धनकुटा बजारमै सञ्चालन गरिने र भोलि हिले बाजारमा सञ्चालन गरिने धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ । त्यस्तै फागुन २९ गते सिधुवा र पाख्रीवास बजारमा सञ्चालन गर्ने तालिका रहेको संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले जानकारी दिनु भयो ।
शिविरको बारेमा स्पष्ट पार्दै उद्योग बाणिज्य संघका पदाधिकारीहरुले मुलुकको आर्थिक विकास र समृद्धीका लागि उद्योग,व्यापार, व्यावसाय अपरिहार्य रहेएको वताएका छन् । यसरी उद्योग बाणिज्य संघको संयोजनमा घरमै नाप तौल दर्ता तथा नविकरण गर्न पाउदा आफुहरुलाई खुशी लागेको व्यवसायिहरुले बताएका छन् ।
घुम्ति शिविर टोलीमा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका निरिक्षक मनिषा राई ,सहायक निरिक्षक अनुजा घिमिरे,प्राविधिक सहायक सुनिता कुमारी पौडेल,सहयोगी जितेन्द्र चौधरीले धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई , वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ् लगायत अन्य पदाधिकारी तथा सदस्यहरुको सक्रिय सहभागिता रहेको छ ।


