एनआरएनएको अध्यक्षमा थापा र केसीको भिड्न्त, आचार्य ‘रिङ आउट’

काठमाडौं,गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि दुई जनाको दावेदारी परेको छ।

अध्यक्ष पदमा अमेरिकाबाट रवीना थापा र रसियाबाट डा. बद्री केसीले उम्मेदवारी दर्ता गराएका हुन्। थापा र केसी दुवै वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा छन् ।

संघको निर्वाचन समितिका अनुसार शुक्रबार बेलुका ५ बजेबाट मनोनय दर्ता सकिएको छ। नयाँ नेतृत्वका लागि निर्वाचन २१ र २२ मार्चमा अनलाइन प्रक्रियाबाट हुँदैछ ।

अमेरिकामा व्यवसाय गर्दै लामो समय एनआरएनएको अभियानमा सक्रिय थापा संघमा महिला नेतृत्वलाई स्थापित गर्ने अभियानमा छिन् ।

थापा जमुना घलेपछि एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने दोस्रो महिला बनेकी छिन् । विशेषतः महिला र युवाको पक्षमा आवाज बुलन्द पार्दै आएकी थापा पहिले जापानमा अन्य सामाजिक संघसंस्थामा समेत सक्रिय थिइन।

नेपालमा हाइड्रोलगायत विभिन्न व्यवसायमा सक्रिय उनी अन्तर्राष्ट्रिय मानवअधिकार जस्ता संघसंस्थामा लामो अनुभव बोकेकी नेतृ पनि हुन् । एनआरएनएको उपाध्यक्ष पदमा निर्वाचित भएपछि उनले संघको युवा तथा महिला विभागको संयोजक भएर काम गरेकी थिइन।

थापाको कार्यकालमा एनआरएनएमा महिला सहभागिता समेत बढेको थियो। उनको एक मात्र उद्देश्य छ–एनआरएनएको दुई दशक लामो इतिहासमा अब महिलाले नेतृत्वदायी भूमिका लिने बेला आइसकेको छ। उनी यसका लागि आफू योग्य उम्मेदवार भएको दावी पनि गर्छिन। थापालाई ‘डेमोक्रयाट’ खेमाको समर्थन छ।

अर्का प्रत्यासी केसी डा. केसी विगत ३१ वर्षदेखि रसियामा बस्दै आएका छन् । केसी संघ अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याकारी विभागका प्रमुख समेत हुन् । स्थापनाकालदेखि सक्रिय डा. केसीले संघको आगामी नेतृत्वका लागि आफू स्वभाविक उम्मेदवार भएको बताए।

डा. केसीले आफू नेतृत्वमा निर्वाचित भएको खण्डमा संघले हालसम्म प्राप्त गरेको उपलब्धीलाई थप उचाईमा पुर्‍याउने दावी गरे। आफू दलीय भागबण्डाभन्दा पनि संस्थाको हितमा विश्वास राख्ने अभियन्ता भएको केसीको दावी छ । सबैको साझा उम्मेदवार भनेर चिनिए पनि डा. केसी वामपन्थी निकट मानिन्छन् ।

यता अध्यक्षका अर्का प्रत्यासी कुल आचार्य भने चुनावी मैदानमा सहभागी भएनन् । प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै आचार्यसहित निकटका केही उम्मेदवारले मनोनय नै दर्ता गराएनन् । आचार्य अघिल्लो निर्वाचनमा अध्यक्ष पदमै कुमार पन्तसँग पराजित भएका थिए । दोस्रो पटक नेतृत्वमा आउने चाह राखेर तयारीमा जुटेका आचार्य अन्तिममा चुनावी प्रक्रियाबाट बाहिरिएका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।