छथर जोरपाटीले पाँचौं स्थापना दिवश बिभिन्न कार्यक्रम गरेर यसरी मनायो
नारायण कुमार राई/धनकुटा,२८ फागुन । छथर जोरपाटी गाउँपालिकाले आफ्नो पाँचौ स्थापना दिवश बिधिन्न कार्यक्रमहरु गरेर भब्य रुपमा मनाईएको छ ।
स्थापना दिवशको अबसरमा पालिकाका अध्यक्ष शेरबहादुर लिम्बू र उपाध्यक्ष भीमकला श्रेष्ठले पालिकाबासीहरुलाई शुभकामना दिनुभएको छ ।
स्थापना दिवशको अबसरमा केन्द्रिय सभासद राजेन्द्र कुमार राई,जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान,सदस्य शिब आङ्ला (लिम्बू) तथा बिभिन्न राजनैतिक दलका प्रमुखहरु जोरपाटी पुगेर पालिकाबासीहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको छ ।स्थापना दिवशको अबसरमा नौमतीबाजा र बिभिन्न जातजातिहरुको झाँकी प्रदर्शनका माझ सभासद राईले पानसमा दियो बालेर कार्यक्रमको उत्घाटन गर्नुभएको थियो ।

स्थापना दिवशको अबसर पारेर सभासद् राईले ३ करोड ७२ लाख ४७ हजारमा निर्मित पालिकाले आफ्नो नयां प्रशासनिक भवनको उत्घाटन गर्नुभएको छ ।
स्थापना दिवशको अबसरमा पालिकाले आफ्नो ५ बर्षे कार्यकालमा सम्पन्न योजना कार्यक्रम समेटेर तयार गरेको प्रगति स्मारिका पुस्तक बिमोचन तथा सार्वजनिक पनि गरेको छ ।
त्यस्तै पालिकाले वडा स्तरीय खेलमैदान निर्माणका लागि निःशुल्क ४ रोपनी जमिन दिने वडा नं. १ का रहरमायाँ तामाङ्ग र १ रोपनी जमिन दिने फिपरानी लिम्बूलाई सम्मान गरेको छ ।
त्यस्तै कार्यक्रममा महाकाली मा.बि.वडा नं. ५ र तिलेश्वर मा.बि.वडा नं.४बाट एस.ई.ई.पास गरी हाल श्री गोकुण्डेश्वर मा.बि.धनकुटामा बिज्ञान बिषयमा अध्ययनरत बिद्यार्थीहरु सुदिप लिम्बू र सुजता थापा,भारती मा.बि.वडा नं.१ बाट एस.ई.ई.पास गरी हाल ईटहरीको राष्टिङय मा.बि.मा बिज्ञान बिषयमा अध्ययनरत बेदबहादुर कार्कीलाई पालिकाले जनही ५० हजारका दरले छात्रबृति रकम हस्तान्तरण गरेको छ ।
त्यस्तै पाँचौ स्थापना दिवसको अबसर पारेर आयोजित वडा स्तरीय रनिङ्ग शिल्ड भलिवल प्रतियोगिताका बिजेता वडाहरुलाई नगद पुरस्कार तथा रनिङ्ग शिल्ड,टङफी तथा मेडल बितरण गरिएको थियो ।
कार्यक्रममा प्रथम भएका वडा नं.६का खेलाडीहरुलाई नगद ५० हजार र ५० तोलाको चाँदीको रनिङ्ग शिल्ड ,मेडल प्रदान गरिएको थियो ।त्यस्तै दोस्रो भएको वडा नं.२ का खेलाडीहरुलाई नगद ३० हजार,टङफी,मेडल र तेस्रो भएको वडा नं.१ का खेलाडीहरुलाई नगद २० हजार,टङफी,मेडल प्रदान गरिएको थियो ।

त्यस्तै सोधभर्ना सापटी कार्यक्रम अन्तर्गत जनही १ लाखका दरले रकम पाउने बिभिन्न २२ वटा कृषि तथा पशुपालन फर्मका सन्चालक कृषकहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।त्यस्तै पालिकामा कार्यरत निःवर्तमान प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगर र कार्यकारी अधिकृत उपेन्द्रबहादुर श्रेष्ठलाई स्थापना दिवशको अबसर पारेर पालिकाले सम्मान तथा बिदाई गरेको छ । उहाँहरुलाई पालिका अध्यक्ष लिम्बू,कार्यक्रमका प्रमुख अतिथी सांसद राई,प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा २०७७ को एसईई र पालिका स्तरीय कक्षा ८ को परीक्षामा गणित बिषयमा आफ्ना बिद्याललाई उत्कृष्ट अंक दिलाउने २ गणित शिक्षकहरुलाई पालिकाले पुरस्कृत गरेको छ ।एसईई परीक्षामा आफ्नो बिद्यालयलाई उत्कृष्ट अंक दिलाउने महाकाली मा.बि.वडा नं. ५ का नारवज तामाङ र कक्षा ८ को पालिका स्तरीय परीक्षामा आफ्ना बिद्यालयलाई उत्कृष्ट अंक दिलाउने वडा नं. ६ सरस्वती मा.बि.का शिक्षक नारायण दंगाललाई जनही १५ हजार नगद र सम्मान–पत्र दिएर पुरस्कृत गरेको छ ।
कार्यक्रममा नेकपा एमाले छथर जोरपाटी गाउँकमिटीका अध्यक्ष ईन्द्रसारु मगर,नेपाली कांग्रेसका गाउँपाटी सचिव केशव प्रसाद दाहाल,नेकपा माओवादी केन्द्र गाउँकमिटी अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की,एकीकृत समाजवादीका गाउँपाटी ईन्जार्च शारदा प्रसाद दाहालले स्थापना दिवशको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा पालिका सदस्यहरु,सबै ६ वडा वडाका वडाध्यक्षहरु,बिभिन्न समाजिक संस्थाका प्रतिनीधिहरु,सुरक्षा निकायका प्रतिनीधिहरु,पत्रकारहरु तथा आम जनसमुदायहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम अवधिभरी बिभिन्न जाति,जनजाति तथा १३ वटा सांस्कृतिक समुहहरुले साँस्कृतिक मनोरन्जनका कार्यक्रमहरु प्रस्तुत गरेर मनोरन्जन दिलाएका थिए ।
कार्यक्रममा लिम्बूको ढोल नाच,मगरको हुर्रा र मारुनी नाच,शिब भजन किर्तन,नौमती बाजा,शेर्पाको स्याबु नाच,तामाङ्गको डम्फू नाच,नेवारको साँस्कतिक झाँकी तथा नाच,तमू सोरठी नाच,भुजेलको साँस्कृतिक नाच गरी ११ वटा साँस्कृतिक समुहलाई पालिकाले जनही १० हजार नगदले पुरस्कृत गरेको छ ।
त्यस्तै भट्टराई कृतन समुह र सेतो गुराँस ईङ्गलिस बोर्डिङ स्कुल नृत्य समुहलाई जनही ५ हजारका दरले पुरस्कृत गरिएको पालिकाका सूचना अधिकृत नेत्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।


