धनकुटामा लाखवत्ती धुप बनाउने तालिम सम्पन्न

धनकुटा,२८ फागुन । नेपाली भाषा तथा संस्कृति अनुसन्धान केन्द्र धनकुटाले आयोजना गरेको ३ दिने लाखवत्ती धुप बनाउने तालिम सम्पन्न भएको छ ।

धनकुटा नगरपालिका प्रदेश संसद निरन राईको निर्वाचन क्षेत्र विकास कार्यक्रमको सहयोगमा भएको तालिम आज समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा संसद निरन राईले आर्थिक रुपले सक्षम नभएको कारण महिलाहरु पछाडी पारीएको भन्दै यस्ता तालिम बाट सिकेको सिपलाई आयआर्जनको रुपमा अगाडी बढाउन आग्रह गर्नु भयो ।

त्यस्तै कार्यक्रमकी विशेष अतिथी नेपाली भाषा तथा संस्कृति अनुसन्धान केन्द्रकी प्रदेश अध्यक्ष मिना राई तुम्वाले तालिममा सिकेका सिपलाई सबै लाई व्यावहारमा प्रयोग गर्न आग्रह गर्नु भयो ।

प्रशिक्षक तुलसा दाहालले काम सानो ठूलो नहुने भन्दै सबै काम लाई समान रुपले हेर्नु बताउनु भयो । प्रशिक्षर्थी मेनुका श्रेष्ठले सिकेको सिप लाई आफूहरुले सदुपयोग गर्ने बताउनु भयो ।

कार्यक्रमा बोल्दै कार्यक्रमका सभापति एवम् तालिम संयोजक नगेन्द्र राईले महिलाहरु आर्थिक रुपमा सक्षम भए त्यसले समग्र देश लाई नै अगाडी बढाउने बताउनु भयो । कार्यक्रमको संचालन सरोजा खवासले गर्नु भएको थियो ।

संस्थालाई संसद राईले १ थान कम्पूटर समेत प्रदान गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।