राष्ट्रिय युवा संघ नेपाल,पाख्रीबास नगर कमिटीको अगुवा कार्यकर्ता भेला सम्पन्न

धनकुटा । धनकुटाको पाख्रीबासमा राष्ट्रिय युवा संघ नेपाल,पाख्रीबास नगर कमिटिको अगुवा युवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

भेलाले युवा संघको १०१ सदस्यीय नगर कमिटी गठन गरेको छ । युवा नेता बीरबल खड्काको अघ्यक्षतामा कमिटी गठन गरिएको हो । कमिटीका उपाध्यक्षमा सुरेन्द्र राई र रमेश मोक्तान तथा सचिवमा सन्जय तामांग,सह सचिवद्वयमा भुपेन्द्र बस्नेत र विवश पुलामी र कोषाध्यक्षमा हरि राई रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(एमाले) प्रदेश १ सदस्य तथा जिल्ला समन्वय समिती अध्यक्ष टंक चुवानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नगर कमिटी अध्यक्ष शान्तिराम गौतम,निर्वाचन क्षेत्र नं २ का संयोजक भीम राई लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा बोल्दै नगर कमिटी अध्षक्ष गौतमले स्थानिय तहको निर्वाचनमा आफुहरुले क्लिन स्वीप गर्ने र अबको नेतृत्व युवाहरुले गर्नु पर्ने बताए । त्यसैगरि संयोजक राईले एमाले पांच दलिय गठबन्धन संग भिड्न एक्लै तयार रहेको र जनता सामु आफुहरुले गरेका बिकासका कार्यहरु गर्बका साथ अगाडि लिएर जानु पर्ने बताउनु भयो ।

निवर्तमान नगर कमिटी अध्यक्ष सरोज राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको खुल्ला शत्र बीरबल खड्का र बन्द शत्रको कार्यक्रम ध्रुव पौडेलले सन्चालन गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।