चौबिसेको ५ बर्षे उपलब्धि सार्वजनिक ! २८ जनालाई छात्रबृत्ति प्रदान,८ जग्गा दाता परिवार सम्मानित
नारायण कुमार राई/धनकुटा,३० फागुन । चौबिसे गाउँपालिका धनकुटाले एक बिशेष कार्यक्रमको आयोजना गरेर आफ्नो ५ बर्षे कार्यकालको उपलब्धीहरु सार्वजनिक गरेको छ ।

पालिकाले सोमबार आफ्नो नवनिर्मित प्रशासनिक भवन उत्घाटन,जग्गा दाताहरुलाई सम्मान तथा छात्रबृत्ति बितररण कार्यक्रमको आयोजना गरेर आफ्नो उपलब्धी सार्वजनिक गरेको हो ।
कार्यक्रममा पालिका अध्यक्ष खजिन्द्र राईले सर्वप्रथम पालिकालाई पद्दतीमा सन्चालन गर्न ५० वटा ऐन,कार्यबिधि,निर्देशिका,नियमावली र बिनियमावली बनाईएको जानकारी दिनुभयो ।
त्यस्तै राईले सार्वजनिक गर्नुभएको तथ्यांक अनुसार हरेक टोल र वडामा सडक सुबिधा पु¥याईएको छ । पालिकाले महत्वपूर्ण ३ ठूला सडकहरु लाप्से कुरुले फलामेटार,राजारानी बोधे हङ्शमोरङ्ग र धाराचौक अठारसय कुरुले सडक निर्माण तथा स्तरउन्नतीको काम गरेको छ ।
वडा स्तरका सडकहरु तथा पालिका हुंदै अन्तरजिल्ला जोड्ने सडकहरुको बिस्तार तथा स्तरउन्नती गरिएको छ ।
त्यस्तै भौतिक संरचना तर्फ भुकम्प प्राधिकरण संगको समन्वयमा ४५ वटा बिद्यालय भवन,१५ शौचालय,१० खोप केन्द्र,६ वटा स्वास्थ्य चौकी,३ वटा सामुदायीक स्वास्थ्य ईकाइ भवन निर्माण गरिएको छ ।
त्यस्तै पालिकाले प्रशासनिक भवन,जनजाति संग्राहलय,मगरजातिको संग्राहलय,सामुदायिक भवन,न्यायीक समितिको भवन,कवर्ड हल,नमुना बिद्यालय भवन,बिभिन्न चर्चहरु निर्माण तथा संम्हार,।१ झोलुंगे पुल निर्माण तथा २ निर्माणाधिन सहित १७ महत्वपूर्ण बिषयहरुमा काम गडरेको छ ।
स्वास्थ्य तथा सरसफाई तर्फ १२ वटा स्वास्थ्य संस्थाहरुमा सुलभ फार्मेसी सन्चालन गरिएको छ भने ५ वटा स्वास्थ्य संस्थाहरुमा ल्याव, ४ वटा स्वास्थ्य संस्थाहरुमा बर्थिङ्ग सेन्टर(प्रसुतीसेवा) सन्चालन गरिएको छ ।

त्यस्तै राजारानी स्वास्थ्य चौकीलाई १० शैयाको अस्पतालमा स्तरउन्नती गरिएको,बिभिन्न स्वास्थ्य संस्थाहरुलाई आवश्यकता अनुसार स्वास्थ्य उपकरण तथा दरबन्दिको ब्यबस्था,१० देखि ५० प्रतिशत सम्म छुटमा एम्बुलेन्स सेवा,अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामाग्री बितरण कार्यक्रम गरिएको छ ।
गर्भवती महिलाहरुलाई पोषिलो खाना तथा बिभिन्न स्वास्थ्य सेवा,नागरिकहरुलाई निःशुल्क औषधी सेवा,बिभिन्न स्वास्थ्य शिबिरहरु सन्चालन,स्वयंसेवीकाहरुलाई प्रेत्साहन कार्यक्रम लगाएत बिभिन्न ३६ शिर्षकहरुमा कार्यक्रमहरु सम्पन्न गरिएका छन् ।
त्यस्तै पालिकाको सबै वडाहरुमा ईन्टरनेट सेवाको बिस्तार गरिएको र पालिका तथा वडाका राजश्वका कामहरु अनलाईन मार्फत् सन्चालन गरिएका छन् भने सबै सामुदायिक बिद्यालयहरुमा कम्प्युटर शिक्षाको ब्यबस्थापन गरिएको छ ।
त्यस्तै सामाजिक बिकास तर्फ दलित तथा माझी बस्तीहरुमा बन्न लागेको ४६ घर मध्ये १० वटा सकिएको र ३६ वटा निर्माणको चरणमा रहेको छ ।
पालिकाका १ हजार ५ सय भन्दा बढी घरधुरीलाई जस्तापाता बितरण गरिएको छ भने १३९ जनालाई सोलार बितरण गरिएको छ ।
जेष्ठ नागरीकहरुलाई समाजिक सुरक्षा भत्ता,बिभिन्न सिप तथा उद्यमशिलता तालिम,बिभिन्न राहत तथा खाद्यन्न बितरण लगाएतका ३८ शिर्षकहरुमा पालिकाले काम गरेको छ ।
त्यस्तै शैक्षिक क्षेत्रमा पालिकाले सरकारी कर्मचारीहरुका छोराछोरी अनिबार्य सामुदायिक बिद्यालयमा पढाउनुपर्ने नीति लागु गरेर ९० प्रतिशत भन्दा बढी सफलता हाँसिल गरेको छ ।
सबै बिद्यालयहरुमा ईन्टरनेट र कम्प्युटर,फोटोकपी आदीको ब्यबस्था,नीजि तथा सामुदायिक बिद्यालयहरुमा पाठ्यक्रमको एकरुपता गरिएको छ ।
सामुदायिक बिद्यालयहरुको गुणस्तर कायम गर्न बिभिन्न शैक्षिक कार्यक्रम,दरबन्दि आपूर्ति,तलब ब्यबस्थापन,कम्प्युटर कक्षा,बिज्ञान प्रयोगशाला,पुस्तकालयको ब्यबस्था दीगो शैक्षिक बिकासका लागि १० बर्षे शैक्षिक रणनीति लगाएतका बिभिन्न ३० शिर्षकमा काम गरिएको छ ।
खाने पानी ब्यबस्थापनका लागि प्रदेश सरकारको समन्वयमा कुरुले,बोधे,बुधुकमा ठूला लिफ्टिङ खानेपानी आयोजनाहरु सम्पन्न हुने चरणमा रहेका छन् ।
खानेपानी मुहान संरक्षण तथा खानेपानी पाईप लाई मर्मत सम्हार तथा सबै वडाहरुमा आवश्यकता अनुसार पाईप बितरण गरिएको छ ।
त्यस्तै कृषि तथा पशु पालनको क्षेत्रमा ३६ किसानहरुलाई मिनीटिलर ५ सय जनालाई प्लाष्टिक टनेल,१२ वटा सिंचाई आयोजना सम्पन्न भएका छन् भने पालिका र प्रदेशको कार्यक्रम अन्तर्गत ४२ जनालाई पशुपालनमा अनुदान दिईएको छ ।
२६ सय घरलाई बिषादी बितरण तथा करिव २५ हजारको हाराहारीमा किवी,एभोकाडो,सुन्तला,ओखर,कागती लगाएका बिरुवाहरु बितरण गरिएका छन् ।
पालिकाले अमेरिकन फौजि किरा नियन्त्रण तथा माछा,मौरी पालन,सब्जी तथा पशुपालन सम्बनिध बिभिन्न तालिम तथा अनुदान लगाएतका क्षेत्रमा १८ वटा शिर्षकहरुमा काम गरेको छ ।
त्यस्तै पालिकाले पर्यटन बिकासका लागि पालिका क्षेत्रमा रहेका पर्यटकीय गन्तब्यहरुको डिपिआर तयार गरेको छ भने पालिकाकै सबैभन्दा ठूलो आयोजना अन्तर्गत वडा नं. २ मा रहेको धप्पडताल निर्माणको काम शुरु गरेको छ ।
वडा र पालिका स्तरीय मेलमिलाप केन्द्र स्थापना गरेर पालिकाले न्यायीक समितिले आफ्नो कार्यकालमा १४१ वटा मुद्दाहरु फच्र्योट गरेको छ । यसलाई थप ब्यबस्थापनको लागि पालिकाले न्यायी समितिको भवन निर्माण अन्तिम चरणमा पु¥याएको छ ।
एक वडा एक खेल मैदान कार्यक्रम अन्तर्गत हाल सम्म बिभिन्न ५ वटा वडामा खेल मैदान निर्माण गरेको लालिकाले हरेक बर्ष जिल्ला तथा पालिका स्तरका फुटवल,भलिव तथा ब्याटमिन्टन कार्यक्रम लगाएत बिभिन्न २८ बिद्याहरुमा कार्यक्रमहरु सन्चालन गरेको छ ।
त्यस्तै बिपदमा परी क्षति भएका ४२१ जना घरपरिवारलाई खाद्यन्न,बिपदमा परेका ३० घरलाई जस्ता प्रदान तथा कोरोनाबाट मृत्युभएका र अन्य मानबिय क्षति भएका ११ परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
पालिकाले ५ बर्षको अबधिमा १६५० महिला र ८०२१ महिला गरी कुल ९६७१ जनालाई रोजगार दिएको छ ।
पालिकाले ४८४ जनालाई बैदेशिक रोजगार सम्बिन्धि परामर्श सेवा दिएको छ । बैदेशिक रोजगार सम्बन्धि ११ मध्ये ७ वटा समस्या समधान गरेको छ । बैदेशिक रोजगारबाट फर्किएका २७ जनालाई अभिमुखिकरण तालिम दिएको छ ।
पालिकाले १ अर्ब १ करोड ८७ लाख बराबरको रकम खर्चेर नागरिकका ३९७ घरहरु पुर्ननिर्माण गर्ने काम जारी राखेको छ ।
पालिकाका महत्वपूर्ण बिकासका काममा संघिय सांसद राजेन्द्र कुमार राई,प्रदेश सभासद द्वय निरन राई र बिनालेवी राईको सांसदकोष तथा पूर्व संबिधान सभा सदस्य टिकाराम चेम्जोङको बिषेश पहलकदमीमा उक्त बिकासका कामहरु भएको हो ।
कार्यक्रममा संघिय सांसद राजेन्द्रकुमार राई, प्रदेश सांसद बिनादेवी राई,पालिका अध्यक्ष खजिन्द्र राई,उपाध्यक्ष यज्ञकुमारी रुचालले संयुक्त रुपमा पालिकाको नबनिर्मित भवनको उत्घाटन गर्नुभएको थियो ।
२ करोड ३४ लाख ७६ हजार लागतमा निर्मित भवन तथा पालिकाका लागि साढे ६ रोपनी जमिन दान गर्ने ८ परिवारलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
सम्मानित जग्गा दाताहरुमा वडा नं.६ चौबिसेका सन्तोष र सोनिया लिम्बूको परिवार,पूर्ण प्रसाद चेम्जोङ्ग र सबिना राई,मनकुमारी र बुद्धिमान लिम्बूू,सान्तकुमार र मनिला लिम्बू,भक्तमान लिम्बू र रत्नकुमारी राई,उपप्रसाद तामाङ र दिलकुमारी राईको परिवार रहेका छन् । त्यस्तै वडा नं. ७ का प्रेम,राज,टंक,अशवीर लिम्बू,वडा नं.९ का सोह्रहाङमा लिम्बू,भक्तशेर लिम्बूको परिवार रहेका छन् ।
त्यस्तै पालिकाले नमुना बिद्यालय पुण्य उच्च मा.बि.को कक्षा ११ र १२ मा होटल ब्यबस्थापन र बिज्ञान बिषयमा अध्ययनरत २० जना छात्रछात्राहरुलाई छात्रबृत्ति रकम प्रदान गरेको छ ।
पालिकाले आ.ब.०७८÷०७९ को बजेटबाट होटल ब्यबस्थापनमा अध्ययनरत ७ जनालाई ४० हजारका दरले र बिज्ञान संकाय तर्फ अध्ययनरत १३ जनालाई जनही ३० हजारका दरले रकम हस्तान्तरण गरेको छ । पालिकाले २०७४ सालबाट निरन्तर रुपमो छात्रबृत्ति दिंदै आएको छ ।
त्यस्तै पालिकाले आ.ब.०७७÷०७८ को बजेटबाट सारदा मा.बि.६ नं.बुधबारेमा सिभिल ईन्जिनियरिङ्ग बिषयमा अध्ययनरत कक्षा ९ र १० का ८ जना छात्रछात्राहरुलाई पनि जनही १८ हजारका दरले छात्रबृत्ति प्रदान गरेको छ ।
कार्यक्रममा बुधुक मा.बि.बाट अवकाश पाएका कर्मचारी सन्तबहादुर तामाङ्गलाई नगद २५ हजारले पुरस्कृत तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
त्यस्तै चौबिसे घर भई यो बर्षको धरान शारिरीक सुगठन(बडिबिल्डर) मा च्याम्पियन भएका असित राईलाई पालिकाले नगद २० हजार,कदर–पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको छ ।
कार्यक्रममा चौबिसेगान छनौट तथा निर्माण गर्ने श्रष्टाहरु,कोभिडका समयमा सहयोग गर्ने बिभिन्न संस्थाहरु, खेलकुद क्षेत्रमा कार्यरत बिभिन्न ब्यक्तित्वहरुलाई सम्मन गरिएको थियो ।
कार्यक्रममा जग्गादाताको तर्फबाट भक्तशेर लिम्बू,खेल तथा साहित्य क्षेत्रको तर्फबाट दिवा चेम्जोङ्ग,बिद्यालयहरुका तर्फबाट पुण्य मा.बि.का शिक्षक यूवराज कटुवालले शुभकामना दिनुभएको थियो ।
राजनैतिक दलका तर्फबाट नेकपा एमाले चौबिसे गाउँकमिटीको तर्फबाट दुर्गा सुबेदी र नेकपा माओवादी केन्द्रको तर्फबाट आधुनिक देवानले शुभकामना दिनुभएको थियो ।
पालिकाले पाँच बर्षमा गरेको महत्वपूर्ण बिकास कार्यक्रमका लागि सभासद् द्वय राई र संबिधान सदस्य लिंखाले पालिकाका जनप्रतिनीधि तथा कर्मचारीहरुलाई धन्यवाद,बधाई तथा शुभकामना दिनुएको थियो ।
कार्यक्रमको औचित्य र बिषयमा पालिका उपाध्यक्ष रुचाल र प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले प्रकाश पार्नुभएको थियो ।


