सहिदभुमि गाउंपालिका धनकुटाको सुविधा सम्पन्न प्रशासनिक भवनको उद्घाटन
मालाती मोक्तान/धनकुटा,चैत २ । धनकुटाको सहिदभुमि गाउंपालिकामा सुविधा सम्पन्न प्रशासनिक भवनको आज उद्घाटन गरिएको छ । नवनिर्मित भवनको बुधबार गाँउपालिकाले एक समारोहका विच उदघान गरिएको हो ।

गाँउपालिकाको २ करोड ५५ लाख लागतमा निर्माण सम्पन्न ३ तले प्रशासनिक भवन निर्माणका लागि सगरमाथा सुदिक्षा थुलुङ जेभि संग २०७६ सालमा सम्झौता गरेको भवनको निर्माण कार्य २०७८ सालमा सम्पन्न भएको गााउपालिका अध्यक्ष मनोज राईले जानकारी दिनु भयो ।
आधुनिक शैलिमा निर्माण गरिएको भवन बालबालिकामैत्री ,अपाङ्घ मैत्री ,बृद्धबृद्धामैत्री रहेको छ । भवन उद्घाटन समारोहका प्रमुख अतिथि संघिय प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले रिबन काटेर उद्घाटन गर्नु भएको थियो ।
भवन उद्घाटन गर्नु हुदै सासंद राजेन्द्र कुमार राईले एमाले पार्टी बाट निर्वाचि जनप्रतिनिधिहरुलाई काङग्रेसका नेताले जनता माझ भ्रामक र झुटा आरोप लगाउने कार्यको निन्दा गर्दै पुष्टि गरेर देखाउन चुनौति दिदै उहाले खेद प्रकट गरेको छ ।
त्यस्तै गरी कार्यक्रममा संबिधान सभा सदस्य तथा एमाले पार्टी प्रदेश उपाध्यक्ष टिका राम चेम्जुङ ,एमाले पार्टी अध्यक्ष तथा प्रदेश सांसद इन्द्रमणि पराजुली , प्रदेश संसद निरन राई र जिल्ला समन्व समिती धनकुटाका प्रमुख टंक चौहानले कार्यक्रममा बोल्नु हुदै एमाले पार्टि बाट निर्वाचित जनप्रतिनिधिहरुले गरेका काम तथा विकास निमार्णका कारण जनताको मन जित्न सफल भएको दाबी गर्नु हुदै आगामी निवार्चनमा एमालेको विकल्प नभएको बताएकाछन् ।
भवन निमार्णका लागि जग्गा उपलब्ध गराउनु हुने जग्गा दाताहरु जयवृद्धि राई,जसलाल राई ,मदन कुमारी राई र गोविन्द भुजेललाई गााउपालिकाले दोसल्ला , सम्मान पत्रले सम्मान गरेका थिए । त्यस्तै गरि साेहि अवसरमा भवन निर्माणमा सहयोग पुर्याउने निर्माण व्यवसायी प्रकाश थुलुङलाई दाेसल्ला सहित सम्मान पत्रले सम्मान गरिएको थियोे ।


