प्रेस युनियन धनकुटा शाखाको होली मिलन कार्यक्रम

धनकुटा । होली पर्वको अवसरमा नेपाल प्रेस युनियन धनकुटा शाखाले धनकुटाको पर्यटकीय स्थल पाल्ले खोलामा होली पर्व मनएको छ । उस्ले होली मिलन कार्यक्रम को आयोजना गरि होली पर्व मनाएको छ । कार्यक्रममा नेपाल प्रेस युनियन धनकुटाका पदाधिकारी तथा सदस्यहरु र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता विच एक आपसमा रङ्ग लगाएर शुभ कामना आदन प्रदान गर्दै आगामी निर्वाचन जित्ने र एक आपसरमा पुन विजयको रङ्ग लगाउने बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्व मन्त्री सुनिल वहादुर थापाले कार्यक्रमको उद्घाटन गर्दै जिल्लामा विजयी यात्रा शुरु भएको उद्घोष गर्नुभयो । त्यस्तै जिल्ला सभापती दिनेश राईले नेपाल प्रेस युनियनको होली मिलन कार्यक्रमले कांग्रेसमा नयाँ उल्साह थपिएको वताउनु भयो । केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठले धनकुटेली जनता र पत्रकारहरु समेत परिर्वतनको पक्षमा रहेको विताउनु भयो ।

नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङको अध्यक्षतमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य लिला सुब्बाले शुभ कामना व्यक्त गर्नु भएको थियो भने नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले रमाईलो हाउजी खेल खेलाउदै शुभ कामना दिनु भएको थियो भने कार्यक्रमको संचालन नेपाल प्रेस युनियन धनकुटका सचिव विकास घिमिरेले गर्नु भएको थियो । हाउजी खेलमा बिजेताहरु हाउसफुल बबिता दाहाल,अन्य पुरस्कारको विजेताहरु नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुनिल वहादुर थापा,भापती दिनेश राई,नेपाल महिला संघ धनकुटा ७ का उपाध्यक्ष सिता दाहाल,अर्जुन श्रेष्ठ,गोकुल पोखरेल लगायतलाई केन्द्रिय सदस्य थापा,जिल्ला सभापती राई,आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, सुब्बाले नगद पुरस्कार वितरण गरेका थिए ।

हाउजी खेल नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा जिल्ला सचिव राईले संचालन गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस धनकुटका उपसभापती सुनिल कुमार डंगोल,सचिव जयन्द्र घिसिङ्ग,प्रवक्ता खगेन्द्र प्रसाद घिमिरे,महासमिति सदस्यहरु सुमना तिम्सिना,सिता प्रधान,महाधिवेशन प्रतिनिधिहरु थिरेन्द्र वहादुर लिम्बु, करुणा कटुवाल,प्रकाश थुलुङ्ग,गायत्री भण्डारी,जिल्ला सल्लाहकार पूर्व डि आईजी दिनेश अमात्य,सदस्यहरु ज्ञान वहादुर गुरुग,निलम थापा,अम्विका परियार,रेणु श्रेष्ठ,मिन वहादुर कार्की,नगेन्द्र पाण्डे,निरुपा राई,पूर्व महासमिति सदस्य अशित नारायाण थापा,क्षेत्रिय सभापती क्षेत्र नं। १ जितेन्द्र राई,धनकुटा नगर सभापती नरेश श्रेष्ठ,उपसभापती मिलन खड्गी,सचिव संजय राई,सहसचिव एम कुमार श्रेष्ठ,सदस्यहरु भूपेन्द्र भण्डारी, शान्तिराम मिश्र,नेपाल वार एशोसिएसनका अध्यक्ष दिपक गुरागाई,नेविसंघ धनकुटका अध्यक्ष बालानन्द दाहाल,नेपाली कांग्रेसका धनकुटाका हिरा देवी राई,मञ्जु आचार्य,संजय शाही संगिता चापागाई,बेणु वस्नेत,जानुका सुन्दास, धनकुटा ७ का सभापती शैलेसमान श्रेष्ठ,सचिव उर्गेन शाक्य,राधा बजगाई,डि वि मोक्तान,डम्वर कार्की,पाख्रिवासन नगर कार्य समितिका सचिव सन्तोष मानन्धर,दुर्गा शिवा,नेविसंघ धनकुटा क्याम्पसका अध्यक्ष सुवास भण्डारी,पत्रकाहरु नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता वराईली,धनकुटाका उपाध्यक्ष विदुर खवास,सचिव हरी वहादुर लम्जेल पूर्ण कुमार चौधरी,सर्मिला राई,बिनोद घिमिरे लगायतले एक आपसमा रङ्ग लगाएर शुभ कामना आदन प्रदान गर्नु भएको थियो ।

नेपाल प्रेस युनियन धनकुटाले शाखाले आयोजना गरेको यो होली मिलन कार्यक्रम ऐतिहासिक र ज्यादै उपलब्धी मुलक भएको र यसले धनकुटा कांग्रेसका नया उत्साह र उर्जा मिलेको सहभागी कांग्रेस नेताहरुले वताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।