भूतपूर्व सैनिक परिवार धनकुटाको अध्यक्षमा थापा
धनकुटा । भूतपूर्व सैनिक परिवार धनकुटाको अध्यक्षमा धनबहादुर थापा चयन हुनु भएको छ ।
पाख्रीवासको पर्यटकिय स्थल श्री संसारी माईपूजा सिमसार क्षेत्र स्थितको ह्याङ आउट रिर्सोट हलमा आज सम्पन्न भूपू सैनिक परिवार धनकुटाको छैटौ साधारण सभा तथा दोश्रो अधिवेशनबाट थापा अध्यक्षमा र्निविरोध चयन हुनु भएको हो ।
परिवारको वरिष्ठ उपाध्यक्षमा श्यामप्रकाश राई,उपाध्यक्षद्धय जगत बहादुर श्रेष्ठ र होम प्रसाद अधिकारी, सचिव लोक बहादुर लिम्बु, सह सचिवमा वीरबहादुर थापा, कोषाध्यक्षमा सरोज कुमार जोशी र सहकोषाध्यक्षमा हर्क बहादुर राई चयन भएको निर्वाचन अधिकृत खगेन्द्र घिमिरेले बताउनुभयो ।
परिवारका अन्य सदस्यहरुमा खड्ग बहादुर लिम्बु,मानबहादुर विक, ढलबहादुर श्रेष्ठ, गोविन्द थापा, सुरेन्द्र राई, लिलम थापा, पृथराम राई, भक्तबहादुर राई र खिर बहादुर कार्की रहेका छन् । अबिधेशनबाट परिवारको ५ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ । सल्लाहकार समितिमा तिलक सिंह लिम्बु, कुमार तामाङ, ईन्द्रबहादुर ढुंगेल रहेका छन् । बाँकी दुईजना नयाँ कार्य समितिका अध्यक्षबाट मनोनित गरिने छ ।
साधारण सभा तथा अधिवेशनको खुल्ला सत्रमा बरखगणका सेनापति एवम् अधिवेशनका प्रमुख अतिथि दूर्गाबहादुर थापा, पाख्रीवास नगरपालिका वडा नं ४ का वडाध्यक्ष सोवित निरौला, नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष विदुर खवास, फोनिज प्रदेश १ का अध्यक्ष सन्तवीर लामा लगायतले शूभकामना मन्तव्य राखेका थिए ।
अधिवेशनको सञ्चालन वीरबहादुर थापाले गर्नुभएको थियो । अधिवेशनमा भुपु सैनिकहरुलाई सम्मान गरिएको थियो भने आजिवन सदस्यता लिएकाहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।


