नेकपा एमाले पाख्रीबास नगर कमिटी धनकुटाको वडा स्तरीय कार्यकर्ता भेला हिजोबाट सुरु
धनकुटा । नेकपा एमाले पाख्रीबास नगर कमिटी धनकुटाको वडा स्तरीय कार्यकर्ता भेला आईतबार देखि शूरु भएको छ ।
आसन्न स्थानीय तहको निर्वाचन लक्षित वडा स्तरीय कार्यकर्ता भेला अभियान नेकपा एमाले पाख्रीवास नगरकमिटीले नगरको १ र ६ नम्बर वडा बाट शूरु गरेको पार्टीका नगर कमिटी अध्यक्ष शान्तिराम गौतमले जानकारी दिनु भयो ।
वडा नं १ तल्लो सान्नेमा सम्पन्न भेलमा सहभागी नेता तथा कार्यकर्ताहरुलाई पार्टीको समसामयिक विषय र आगामी निर्वाचनमा उम्मेदवारी छनौट लगायत विषयमा जिल्ला कमिटी सदस्य तथा मेयर विर्ष बहादुर राई ,नगर अध्यक्ष गौतम , पार्टीका प्रदेश सल्लाहकार परिषद सदस्य भवानी प्रसाद दाहाल , जिल्ला कमिटी सदस्य नम्रता देउजाले प्रशिक्षण दिएका थिए ।
त्यस्तै गरि वडा नं ६ मा सम्पन्न वडा स्तरीय भेलामा सहभागी नेता तथा कार्य कर्तालाई जिल्ला कमिटी सदस्य भिम राई ,अभियानका सदस्य तथा नगर ईन्चार्ज नेत्र भण्डारी र उपमेयर देवकला तिमल्सिनाले सोही विषयमा जानकारी गराएका थिए । आज वडा नं २ र ७ मा कार्यक्रम हुनेछ ।


