धनकुटा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा ताला, क्याम्पस प्रमुखको कुर्सि समेत जलाइयो
धनकुटा । नेपाल विद्यार्थी संघ धनकुटाले धनकुटा बहुमुखि क्याम्पसका प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दीका र क्यापस प्रमुखको कुर्सि समेत जलाएका छन् ।
नेपाल विद्यार्थी संघले गत फागुन २२ गते क्याम्पस प्रमुख समक्ष ७ बुँदे माग पत्रमा सम्बोन्धन नभएको भन्दै तोडफोड गरि क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चीतकालिन तालाबन्दी गरेका हुन ।
क्याम्पस प्रमुख होम बहादुर बस्नेतलाई कार्यकक्षबाट बाहिर निकाली कुर्सी समेत जलाएका छन। संघले एक विज्ञप्ती मार्फत क्याम्पसमा पिउने पानीको व्यवस्था, शौचालय सुधार, पुस्तकालयमा नयाँ पाठ्यक्रम अनुसारको पुस्तकको व्यवस्था, छात्रावासको सुधार लगायतका माग गत फागुन २२ गते क्याम्पस प्रमुख समक्ष ७ बुँदे माग बुझाएका थिए।
माग सम्बोधन नभएकाले तालाबन्दी गरेको र यति हुँदा पनि माग सम्बोधन नभए थप प्रशासनिक कामकाज ठप्प गर्ने नेपाल विद्यार्थी संघका क्याम्पस इकाइ सभापती सुवास भण्डारीले बताउनु भयो।


