मुक्तिनाथ विकास वैंक धनकुटा शाखाद्वारा वृद्धाश्रमलाई सहयोग
धनकुटा,१३ चैत । मुक्तिनाथ विकास वैंक धनकुटा शाखाले धनकुटाको मुलघाटमा रहेको विश्रान्ति वृद्धाश्रमलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ ।
विश्रान्ति मन्दिरको वार्षिक साधारणसभाको उपलक्ष्यमा आयोजित एक विशेष कार्यक्रमका वीच वैंकको तर्फबाट उक्त खाद्यान्न सामाग्री सहयोग प्रदान गरिएको हो ।
वैंकको सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत विश्रान्ति मन्दिरद्वारा सञ्चालित आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई भरणपोषणमा केहि सहयोग पुगोस् भन्ने उद्देश्यले २५ हजार रुपैया वरावरको खाद्यान्न सामाग्री प्रदान गरिएको वैंकका धनकुटा शाखा प्रमुख हेमराज अधिकारीले बताउनु भयो ।



