धनकुटाको मुलघाटमा आज बाट र्र्याफटीङ्गगाईड टेक्नीकल तालिम सुरु

धनकुटा । नेपाल एशोसियसन अफ ¥याफटीङ्ग एजेन्सीको (नारा) को आयोजना तथा नेपाल पर्याटन बोर्डको सहयोग र तमर रिभर एडभान्चर ¥याफटीङ्ग र रिभर साईड रेसोर्ट एण्ड रिभर पार्कको संयोजनमा पन्ध्र दिने रिभर गाईड टेक्नीकल ट्रेनिङ्ग आज देखि धनकुटाको मुलघाटमा सुरु भएको छ ।

जिविकोपार्जन पुर्नरुत्थानका लागि दिगो पर्यटन परियोजना नाराका साथ १५ दिने रिभर गाईड टेक्नीकल ट्रेनिङ्ग को धनकुटा नगरपालिका वडा नं ९ मुलघाट स्थीत रिभर साईड रेसोर्ट एण्ड रिभर पार्कमा एक कार्यक्रमका बीच नाराका अध्यक्ष गङ्गा प्रसाद नेपालले उदघाटन गर्नू भएको थियो ।

कार्यक्रममा नाराका अध्यक्ष गङ्गा प्रसाद नेपाल, उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष एवं होटल एशोसियसन नेपाल धनकुटाका अध्यक्ष खगेन्द्र विष्ट, तमर रिभर एडभान्चर ¥याफटीङ्गका प्रोपराईटर मदन ढकाल, पत्रकार सन्जय सन्तोषी राई र प्रशिक्षक रेवती उपाध्यायले प्राकृतिक स्रोतको रुपमा रहेको नेपालका नदिहरु लाई मानव जातिको विकास र आय स्रोतको रुपमा विकास गर्नु पर्ने र प्राकृतिक स्रोत नदिहरुलाई सफा तथा स्वाच्छ राखि संरक्षण गर्नू पर्ने बताउनु भयो ।

धनकुटा जिल्लाको धनकुटा नगरपालिका र सागुरीगढी गाउ पालिकाको संगम स्थल तथा कोशी राजमार्ग मुलघाटमा संचालित पन्ध्र दिने रिभर गाईड टेक्नीकल ट्रेनिङ्गमा धनकुटा जिल्लाको भैसेटार, फलामेटार, सदामटार, कुसेटार, मुलघाट, छिम्सुवा, साप्तीङ्गटार, सफाईटार, घङ्गघरी र त्रिबेणी क्षेत्रका अल्पसंख्खक माझि जाति , जनजातीहरु राई , लिम्बु, तामाङ्ग तथा बहुन क्षेत्री सबै गरि २० जनाको सहभागीता रहेको छ । हरि आले मगर , रेवती उपाध्याय, माईली मगर र कमल ठकुरीले प्रशिक्षण दिने छन ।

आजै देखि प्रशिक्षार्थीहरुलाई तमर नदिमा ¥याफटीङ्गमा गाईडहरुलाई शैदान्तीक तथा प्राविधिक प्रशीक्षण कसरी गराईन्छ भनेर प्रर्दशन समेत गराईएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।