धनकुटा उद्योग बाणिज्य संघद्वारा करदाता सेवा कार्यालय धनकुटाका प्रमुखलाई स्वागत
धनकुटा । धनकुटा उद्योग बाणिज्य संघले करदाता सेवा कार्यालय धनकुटाका प्रमुखलाई स्वागत गर्दै विभिन्न निर्णयहरु गरेको छ ।
संघले करदाता सेवा कार्यालयमा भर्खरै मात्र कार्यालय प्रमुखको रुपमा आउनु भएका कर अधिकृत भक्तराज निरौलालाई विशेष कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा कर शिक्षा र कर सचेतना कार्यका लागि प्रमुख निरौला समक्ष संले आग्रह समेत गरेको छ । धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा संघका निर्वतमान अध्यक्ष उमेश घिमिरे,पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा,वरिष्ठ उपाध्यक्ष तारा तितुङ लगायतले कर अधिकृत निरौलालाई खादा माला लगाई स्वागत गर्दै सहकार्यका लागि आग्रह गरेका थिए ।
कार्यक्रममा करदाता सेवा कार्यालय प्रमुख निरौलाले व्यावसायीलाई करको दायरामा ल्याउन धनकुटा उद्योग बाणिज्य संघ सँग सहकार्य गर्ने वताउनु भयो ।
त्यसैगरी कर शिक्षा र नाप तौल सम्वन्धि सचेतना कार्यक्रम धनकुटमा संचालन गर्ने र नया बर्षको अवसरमा संघको पदाधिकारीहरुको क्षमता तथा नेतृत्व विकासका लागि कार्यक्रम गर्ने निर्णय भएको संघका सचिव श्रीराम रायमाझीले जानकारी गराउनु भयो ।


