धनकुटा उद्योग बाणिज्य संघको संस्थागत क्षमता लोखाजोखा कार्यक्रम सम्पन्न
धनकुटा । धनकुटा उद्योग बाणिज्य संघको संस्थागत क्षमता लोखजोखा कार्यक्रम आज सम्पन्न भएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघ कृषि उद्यम केन्द्रको समन्वयमा भएको संस्थागत क्षमता लेखाजोखा कार्यक्रमको सहजीकरण महासंघका राजु शर्माले गर्नु भएको थियो ।
संघका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले संघलाई साधन स्रोत सम्पन्न बनाउदै सदस्यहरुको सेवामा अझ बढी क्रियाशिल हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघले अहिले सम्म गरिरहेको कार्यक्रमहरु र आगामी दिनमा गर्नु पर्ने कार्यक्रमको वारेमा समेत छलफल तथा समिक्षा गरी अव नया ढंगबाट संस्थालाई अगाडी बढाउने निर्णय भएको सचिव श्रीराम रायमाझीले जानकारी दिनुयो ।
कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष कृष्णराज श्रेष्ठले राख्नुभएको थियो । वरिष्ठ उपाध्यक्ष तारा तितुङले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


