चुनावपछि कांग्रेस कहां भाग्छ ? कांग्रेसलाई गाउं,बस्तीबाट यो चुनावमा खेद्नु पर्छ : सांसद राई

पाख्रीबास-फलांटे-अंधेरीघाट सडक कालोपत्रे सडकको शिलान्यास

धनकुटा । धनकुटाको पाख्रिबास-फलांटे-अंधेरीघाट सडकको कालोपत्रे शिलान्यास गरिएको छ ।

सडकको कालोपत्रे शिलान्यास संघिय सांसद राजेन्द्र कुमार राईले एक औपचारिक कार्यक्रममका बीच आज पाख्रीबासमा गरेका हुन् ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै फलाटेका पूर्व गाबिस अध्यक्ष भीम राईले कांग्रेसका केही नेताहरु अहिले हेलिकप्टरमा खैरो ब्यक्तिहरुलाई लिएर दलित बस्तीमा आश्वसानको पोको लिएर आएको भन्दै दुई पटक सम्म मन्त्री भएर धनकुटामा बिकासको सिन्को पनि नभांचेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै सांसद राईले आजको यस कार्यक्रमले हामी मात्रै होइन फलांटेवासी सबै राजनैतिक दलका नेता,कार्यकर्ता र स्थानियवासी खुशी हुनु पर्ने बताउनु भयो । त्यसैगरि अबको बजेटबाट अंधेरीघाटमा पुल बनाउने जिम्मा आफ्नो रहेको पनि सांसद राईले बताउनु भयो ।

बैशाख ३० को निर्वाचनमा हाम्रो जित सुनिश्चित छ,कांग्रेसलाई कसरी तह लगाउने त्यो आइडिया हामीलाई थाहा छ । चुनावपछि कांग्रेस कहां भाग्छ ? कांग्रेसलाई गाउं,बस्तीबाट यो चुनावमा खेद्नु पर्ने र हामीले ५ बर्षमा गरेका कामहरु लिएर जनतामाझ जानु पर्ने सांसद राईले बताउनु भयो ।

यस पाख्रीबास-फलांटे-अंधेरीघाट सडक कालोपत्रे सडकको लागि ओली सरकार हुंदा १ अर्बको बजेट विनियोजित भएकोमा वर्तमान देउवा सरकारले ६० करोड कटौती गरेर ४० करोड मात्र गरिदिएको पनि सहभागी वक्ताहरुले बताउनु भयो ।

पाख्रीबास नगरपालिका प्रमुख बृख बहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले धनकुटा इन्चार्ज,केन्द्रिय सदस्य एवं संघिय सांसद राई तथा विशेष अतिथि जिल्ला समन्वय समिति प्रमुख टंक चुवान लगायत नगरका जनप्रतिनिधि,स्थानियवासी लगायतको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖