सहिदभुमि गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चालु आर्थिक वर्षमा २ सय ६१ जना युवाले रोजगारी पाए
धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चालु आर्थिक वर्षमा २ सय ६१ जना युवाले रोजगारी पाएका छन् ।
“श्रमको सम्मान राष्ट्रिय अभियान ” भन्ने मुलनाराका साथ राष्ट्रिय स्तरमा संचालन भईरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गाउँपालिका भित्र का २ सय ६१ जना युवाहरूले रोजगारी पाएको हो ।
गाउँपालिकाको ७ वटै वडाका ३४ वटा विभिन्न आयोजनाहरु मार्फत उनिहरुलाई रोजगारीको व्यवस्था मिलाएको कार्यक्रम संयोजक सीता पौडेलले बताउनु भयो ।
अहिले पालिकामा सडक ,यातायात ,गोरेटो बाटो ,खेल मैदान , साेलिङ ,वाल उठाउने लगायतका ३४ वटा आयोजना मध्ये २० वटा आयोजनाको काम सकिएको संयोजक पौडेलले बताउनु भयो ।बाकी रहेको काम निरन्तर जारी रहेको र चैत मसान्तसम्ममा सकिने संयाेजक पाैडेलले बताउनुभयो ।
चालू आर्थिक वर्षमा एक करोड ५० लाख ५९ हजार ७ सय बराबरको विनियोजित बजेट मार्फत पालिका भित्रका बेरोजगार युवाहरुलाई सय दिनको काम सहित राेजगार उपलब्ध गराएको संयोजक पाैडेलले जानकारी दिनु भएको छ ।


