पत्रकार महासंघको ६७ औं स्थापना दिवस धनकुटामा यसरी मनाइयो

धनकुटा । आज नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस विभिन्न कार्यक्रम गर्दै मनाईएको छ ।

दिवसको अवसरमा धनकुटाका दुईजना सञ्चारकर्मीले नेपाल पत्रकार महासंघ जिल्ला शाखा धनकुटाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग गरेका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धनकुटाका उपाध्यक्ष एवं रेडियो नेपाल धनकुटामा व्यापार अधिकृत पदमा कार्यरत देवकला कार्की र शाखाका प्रदेश पार्षद एवं कान्तिपुर दैनिकका उपसम्पादक रमेशचन्द्र अधिकारीले जनही १० हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग प्रदान गरेका हुन् ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा दाता कार्कीले पत्रकारहरुको कल्याणका लागि सहयोग पुगोस भनेर सहयोग रकम प्रदान गरेको बताउनुभयो ।

त्यस्तैगरी अर्का दाता अधिकारीले पत्रकार कल्याणकारी कोष मार्फत सवै पत्रकारलाई सेवा पुर्याउन र थप अरुवाट पनि सहयोग रकम संकलन होस् भन्ने उद्येश्यले कोषमा आर्थिक सहयोग गरेको वताउनुभयो ।

महासंघ धनकुटाले स्थापना दिवसको अवसरमा धनकुटा नगरको भीमनारायण चौकवाट मदन चौक सम्म प्रभातफेरी सम्पन्न गरेको थियो । प्रभातफेरी पछि जिल्ला अस्पताल धनकुटा र धनकुटा मोडेल अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिनुभएको छ ।

शाखाका अध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका केन्द्रीय सदस्य सरिता वराईली राई लगायतकाले मन्तव्य राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।