भिरगाउमा निर्माण गरिएको ८ कोठे स्वास्थ्य चौकीको भवन उदघाटन

धनकुटा । धनकुटा नगरपालिका वडा नं २ भिरगाउमा निर्माण गरिएको ८ कोठे स्वास्थ्य चौकीको भवन उदघाटन गरिएको छ ।

शुक्रबार वडा अध्यक्ष चन्द्रलाल तामाङको अध्यक्षता तथा संघिय संसद राजेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न एक कार्यक्रमका बिच सांसद राईले रिबन काटेर उदघाटन गरेका थिए ।

सांसद राईको पहलमा निर्माण सम्पन्न भएको नवनिर्मित स्वास्थ्य चौकी भवन १ करोड ९७ लाख ६१ हजार ६ सय ६५ रुपैया लगातमा निर्माण कार्य सम्पन्न भएको वडा कार्यलयले जनाएको छ ।

समुदघाटन कार्यक्रममा नगर प्रमुख चिन्तनतामाङ, उपप्रमुख सकुन्तला बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

यसअघि केपी ओलि नेतृत्वको सरकारले एकैपटक स्वास्थ सेवामा पहुँच वृद्धि गर्ने उदेश्यले ३९६ वटा पाँच देखि १५ सया सम्मका आधारभूत अस्पताल, स्वास्थ चौकी निर्माणका लागि बजेट व्यवस्था सहित शिलान्यास गरिएको थियो ।

अहिले धनकुटा जिल्लामा निर्माण तथा उदघाटन क्रम निरन्तर अगाडि बढिरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।