धनकुटाको अखुवामा ३ दिने गाँ’जा मेला
नारायण कुमार राई/चैत्र २१,धनकुटा । प्रतिवन्धित गाँ’जा खेतीलाई बैधानिकता दिन माग गर्दै धनकुटाकाको सहिदभूमि गाउँपालिकामा आईतबार देखि ३ दिने पहिलो गाँ’जा सचेतना मेला शुरु भएको छ ।
भोजुर,उदयपुर र धनकुटा गरी ३ जिल्लाका अभियान्ताहरुको संयुक्त आयोजनामा सहिदभूमि गाउँपालिका वडा नं.२ को अखुवा टारमा उक्त मेला भईरहेको छ ।
मेलामा नेपालका बिभिन्न संस्थाका गाँजा अभियान्ताहरु पुगेर कार्यक्रममा ऐकेवद्धता जनाउँदै गाँजा खेतीलाई बैधानिकता दिन माग गरेका छन् ।
कार्यक्रमको उत्घाटन गाँजा बैधानिक अभियान्ता संस्थाका केन्द्रिय सल्लाहाकार राजिव काफ्ले तथा स्थानिय पालिकाका प्रमुखहरुले गाँजाको बिरुवामा पानी हालेर कार्यक्रमको उत्घाटन गरेका थिए ।
हाल संयुक्त राष्टङ संघले समेत गाँजामा ९८ प्रतिशत भन्दा बढी औषधिय गुण भएको भन्दै गाँजा लाई लागुऔषधबाट हटाएकाले यसलाई नेपालमा पनि बैधानिक दिनुपर्ने अभियान्ताहरुले माग गरेका छन् ।
बिश्वका २३ भन्दा बढी देशमा उत्पादन हुने गाँजा मध्ये नेपालको गाँजा सबैभन्दा राम्रो भएकाले यसको मूल्य भारतमा ८ लाख र यूरोपमा २५ लाख सम्म रहेकोले नेपालको लागि गाँजा प्रमुख आयश्रोत हुने अभियान्ताहरुको दाबी छ ।
गाँजाबाट सयौ औषधी र मानव उपयोगी बस्तुहरु बनाउन प्रयोग हुने भएकाले यसलाई बैधानिकता दिएर किसानहरुको प्रमुख आयश्रोत बनाउन सके देश आर्थिक रुपमा समृद्ध हुने उनीहरुको भनाई छ ।
कार्यक्रममा बिश्व हिन्दुमहासंघका अधयक्ष ऋषिकेशजंग शाह,गाँजा बैधानिक अभियान्ता जोसेफ मदन कोईराला,सहिदभूमी गाउँपालिका धनकुटाका अध्यक्ष मनोज राई,हतुवागढी गाउँपालिकाका अध्यक्ष मनोज राई लगाएत स्थानिय कृषकहरुका प्रतिनीधिहरुले आफ्ना धारणा राखेका थिए ।
तीन दिन सम्म सम्पन्न हुने उक्त मेलामा गाँजा सम्बन्धि बिभिन्न कपडाका स्टल तथा उत्पादन,साँस्कृतिक कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रमहरु गरिने आयोजक समितिका सदस्य सचिव नरेन्द्र राई (कश्चित) ले जानकारी दिनुभयो ।
नेपाल सरकारले गाँजालाई ला गु औ षधका रुपमा राखेकाले धनकुटाको छिन्ताङ्ग क्षेत्रबाट मात्र हरेक बर्ष ३० जना भन्दा बढी ब्यक्तिहरु गाँजाको बिषयमा पक्राउ पर्ने गरेको आयोजक समितिका अध्यक्ष तिर्थ राईले जानकारी दिए ।


