सहिदभूमिमा १४ जना राजवन्दी तथा राजवन्दीका परिवारलाई सम्मान

धनकुटा,चैत २१ । नेकपा एमाले वडा नं ६ सहिदभुमि वडाकमिटी धनकुटाले १४ जना राजवन्दी तथा राजवन्दीका परिवारहरुलाई सम्मान गरेको छ ।

आइतबार एक कार्यक्रमका बिच १४ जना राजवन्दीहरु र राजवन्दीका परिवारहरुलाई सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको वडा कमिटीका अध्यक्ष केसब राईले जानकारी दिनुभएको छ ।

२०३६ सालको किसान आन्दोलनको क्रममा ७ वर्ष जेलजिवन बिताएका राजवन्दि र राजवन्दिका परिवारलाई सम्मान गरिएको हो । सोहि अवसरमा दुई जनालाई घरेलु सोलार सेट , २४ जना वृद्धावृद्ध तथा गरिव विपन्न २४ जना घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

त्यस्तै गरी ४ जना दीर्घरोगीहरुलाई नगद ५ हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको कमिटीका अध्यक्ष केसब राईले बताउनु भयो ।त्यस्तै ८ जना व्याटमिन्टन खेलाडिहरुलाई खेलकुद सामाग्री समेत वितरण गरेका थिए ।

कार्यक्रममा संघिय संसद राजेन्द्र राई , प्रदेश संसद निरन राई , गाउपालिका अध्यक्ष मनोज राई ,वडा अध्यक्ष हेमकुमार राई लगायतको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।