धनकुटामा बैशाख ६ गते देखि जेष्ठ १९ गते सम्म कृषि गणना संचालन

धनकुटा,२२ चैत । कृषि गणनाको सार कृषि योजनाको पूर्वाधार भन्ने मुल नाराका साथ राष्टिय कृषि गणना २०७८ को पूर्व सन्ध्यामाा धनकुटामा आज जिल्ला स्तरिय कृषि गणना सचेतना गोष्ठी सम्पन्न भएको छ ।

जिल्ला कृषि गणना संयोजक एवम् प्रमुख जिल्ला अधिकारी यूवराज कट्टेलको अध्यक्षतामा भएको कार्यक्रमा धनकुटा जिल्लाका ६० मध्ये ५६ वटा वडामा गणना क्षेत्र छुटाई कृषि गणना गर्न लागिएको जिल्ला कृषि गणना कार्यलय धनकुटाका अधिकृत प्रकाश कुमार अधिकारीले जानकारी दिनु भयो ।

कृषि गणना यही बैशाख ६ गते देखि जेष्ठ १९ गते सम्म संचालन हुने अधिकारीले बताउनु भयो ।गणनामा कृषक परिवार सूचीकृत लगत, कृषक परिवार प्रश्नावली, वडा स्तरीय समामुदायीक प्रश्नावलीको प्रयोग गरिने जनाईएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिती धनकुटाका समन्वय अधिकारी सफल पोर्तेल, जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारी,लगायत विभिन्न संघ संस्थाका प्रमुखप्रतिनिधी कृषक समुहका प्रमुख तथा प्रतिनिधी संचारकर्मिहरुको उपस्थिती रहको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖