धनकुटाको सहिदभूमिमा दुई महिने विद्युत जडान तालिम सम्पन्न

मालती मोक्तान/धनकुटा,चैत २३ । धनकुटाको सहिदभुमि गाउंपालिका वडा नं ३ मा सञ्चालित २ महिने वेसिक ईलेक्ट्रिसियन विद्युत जडान सम्बन्धि तालिम आज सम्पन्न भएको छ।

गापाको ४ लाख आर्थिक सहयोगमा वडा ३ का २४ जना युवाहरुलाई २ महिने विद्युत जडान तालिमको व्यवस्था गरेको गापा अध्यक्ष मनोज राईका स्वकीय सचिव केसव राईले जानकारी दिनुभयो ।

तालिम गत फागुन १ गतेदेखि सुरु भएर बुधबार एक ओैपचारिक कार्यक्रमका बिच गापा अध्यक्ष राईको प्रमुख आतिथ्यमा समापन गरिएको हो ।

तालिममा सहभागी युवाहरुलाई गापा अध्यक्ष राईले कार्यक्रममा बोल्दै सिकेका बुझेका कुराहरु जीवनमा लागु गर्दै अघि बढन् आग्रह गर्नुभयो । उहाले विद्युतको क्षेत्रमा काम गर्न सक्ने जनशक्ति पालिकामा उत्पादन हुनुपर्ने बताउनुभयो । साथै उहाले सिकेको सिपलाई सदुपयोग गर्नु पर्ने भन्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

तालिममा सहभागी युवाहरुले तालिम उपलब्धि मुलक भएको भन्दै आत्मानिर्भर बन्न सहज हुने बताएका छम् । २ महिने तालिम हेरिटेज टेक्निकल एण्ड रिसर्च ईन्स्टिच्यु प्रालिका रोशन बज्गाइले प्रदान गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।