धनकुटाको सहिदभुमि गाउंपालिका ४ खोकु स्थित श्री जीवन सुधालय माविको नवनिर्मित ४ कोठे पक्की भवनको उद्घाटन
धनकुटा,चैत २४ । धनकुटाको सहिदभुमि गाउंपालिका वडा नं ४ खोकु स्थित श्री जीवन सुधालय माविको नवनिर्मित ४ कोठे पक्की भवनको आज उद्घाटम गरिएको छ ।

विद्यालयको नवनिर्मित पक्की भवन समुदघाटन समारोहका प्रमुख अतिथि संघीय संसद राजेन्द्र कुमार राईले रिवन काटेर उदघाटन गर्नुभएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (शिक्षा ) जिल्ला आयोजना कार्यन्वयन ईकाईबाट प्राप्त बजेट ७२ लाखमा दुईतले ४ वटा कोठा सहितको भवन निर्माण गरिएको विद्यालयले जानकारी दिएको छ ।
सो विद्यालय उदघाटन कार्यक्रममा विघालयका प्रधानध्यापक राजेन्द्र राई , जनप्रतिनिधिहरु , एमाले गाउकमिटी पार्टी अध्यक्ष नीर बहादुर राई , शिक्षक,अभिभावक , विभिन्न राजनीतिदलका प्रमुख प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।
यस अघि जिर्ण पुराना विद्यालयको भवन भित्र पठनपाठन गरिरहेको अवस्थामा नयाँ भवन बनेपछि पठनपाठनमा सहज भएको विघालय व्यवस्थापन समितिले बताएका छन् । साथै आगामी दिनमा विघालयलाई थप सहयोगको आवाश्यकता रहेको जानकारी गराएका थिए ।



