नेपाल लोकतान्त्रिक तामाङ संघको प्रथम जिल्ला भेलाबाट यज्ञ बहादुर घिसिङको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन

धनकुटा । नेपाल लोकतान्त्रिक तामाङ संघको प्रथम जिल्ला भेलाबाट यज्ञ बहादुर घिसिङको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ ।

नेपाल लोकतान्त्रिक तामाङ संघका जिल्ला ईन्चार्ज पेमा कुमारी लामाको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य ,जिल्ला ईन्चार्ज संघीय संसद राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम जिल्ला भेला सम्पन्न भएको हो ।

प्रथम जिल्ला भेलाले यज्ञ बहादुर घिसिङ सर्वसम्मत निर्विरोध अध्यक्ष पदमा चयन गरेको हो । त्यस्तै गरि उपाध्यक्षमा जमुना मोक्तान , सचिव उत्तम पाख्रिन ,उपसचिव सीता तामाङ ,उपसचिव नन्द सिङ तामाङ ,सदस्यहरुमा पाना मोक्तान ,गोविन्द बम्जन,नवीन तामाङ,चन्द्रबहादुर तामाङ, टिकाराम पाख्रिन तामाङ, धनबहादुर तामाङ , मनु तामाङ लगायत रहेका छन् ।

भेलामा पार्टीका जिल्ला सचिव नेपाल लोकतान्त्रिक आदिवासीजनजाति महासंघका केन्द्रीय सदस्य ,जिल्ला ईन्चार्ज प्रदेश १ सभा सदस्य निरन राई ,जिल्ला कमिटी सदस्यहरु लालचन गोङवा, धिरेन थिङ,सिताराम थिङ,नगेन्द्र स्याङवो , निरन तामाङ , फडिन्द्र तामाङ ,तारा तितुङ ,निर्मला राई ,हरिलाल मोक्तान , नगर उपाध्यक्ष सिह तितुङ , वडा कमिटी अध्यक्ष कमल थिङ लगायतको उपस्थिति थियोे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।