नेपाली शिक्षकहरुको पक्षमा कांग्रेस नेतृत्वको सरकार
धनकुटा । नेपाली शिक्षकहरुको पक्षमा कांग्रेस नेतृत्वको सरकारले निरन्तर काम गर्दै आईरहेको नेपाली कांग्रेस नेताहरुले बताएका छन् ।
नेपाल शिक्षक संघ धनकुटाको नवौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनिहरुले त्यस्तो बताएका हुन् । उनिहरुले शिक्षा नीतिमा परिर्वतन गरी शिक्षालाई उत्पादन मुलुक र व्यावसायिक बनाउनु पर्नेमा समेत जोड दिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सहमहामन्त्री भीष्म राज आङदम्वेले नेपाली शिक्षकहरुको पक्षमा कांग्रेस नेतृत्वको सरकारले उल्लेखनिय कामहरु गरेको वताउनु भयो । उहाँले शिक्षकहरु परिर्वतनको सम्वाहक भएको उल्लेख गर्दै सरकारले शिक्षा सेवा आयोगको परिक्षा गराई नजिता प्रकाशित, शिक्षकहरुलाई स्थायी बनाउने,उपदान दिने,तलव बृद्धी गर्ने लगायत धेरै काम गरेको वताउनु भयो ।
नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बुको अध्यक्षतमा सम्पन्न उद्घाटन सत्रलाई नेपाल शिक्षक महासंघका केन्द्रिय महासचिव लक्ष्मी किशोर सुवेदी,कांग्रेसका केन्द्रिय सदस्य पूर्व मन्त्री सुनिल वहादुर थापा,पूर्व केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला सभापती दिनेश राई लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य संघ धनकुटाका महिला उपाध्यक्ष दिल कुमारी राईले राख्नुभएको थियो भने सञ्चालन सचिव अर्थ रोहिणी पाण्डे र सहसचिव शोभा वरालले गरेका थिए । सोही अवसरमा संघका संस्थापक अध्यक्ष स्व शिवनाथ श्रेष्ठलाई मरोणप्रान्त लोकतान्त्रिक शिक्षक पुरस्कारबाट नगद १० हजार सहित प्रदान गर्दै सम्मान गरिएको थियो ।
निबृत्त शिक्षक र अक्षकोष स्थापनामा नगद सहयोग गर्नु हुने शिक्षकहरुलाई समेत सम्मान गरिएको संघले जनाएको छ । अधिवेशनबाट आज संघको नयाँ समिति गठन हुने निर्वाचन समितिका संयोजक घनेन्द्र सुब्बाले जानकारी दिनुभयो ।


