नवनियुक्त खेलकुद अध्यक्ष राईद्धारा प्रदभार ग्रहण

धनकुटा । जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष मनोजकुमार राईले आज पदभार ग्रहण गरेका छन् ।

प्रदेश नं.१ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास बोर्डले राईलाई यही चैत २४ गते जिल्ला खेलकुद समितिको अध्यक्ष नियुक्त गरेको थियो ।

उनी नेकपा (एकीकृत समाजवादी) निकट हुन् । उनलाई कार्यालय प्रमुख नविन प्रधानसहित जिल्लाका खेलकुद संघ संस्थाका प्रतिनिधि, खेलाडीहरुले स्वागत गरेका थिए ।

नवनियुक्त अध्यक्ष राईले पदभार ग्रहण गर्दै आगामी दिनमा धनकुटाको खेल क्षेत्रको विकासका लागि हर प्रयास गर्ने बताए । उनले धनकुटामा खेल क्षेत्र सुस्ताउँदै गएकाले खेल क्षेत्रमा उत्साह ल्याउनेगरी योजना बनाउने प्रतिवद्धता जनाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।