अपडेट : धरान–धनकुटा सडक खण्डमा बसले अटोलाई ठ’क्कर दिदा अटो चालकको मृ’त्यु ! बस चालक धनकुटाका कटुवाल प्रहरी नियन्त्रणमा
शर्मिला राई/धनकुटा । धरान–धनकुटा सडक खण्ड अन्तर्गत सुनसरी धरान ४ देबिथान स्थित कोशी लोकमार्गमा आज विहान बसले अटोलाई ठ’क्कर दिदा अटो चालकको मृ’त्यु भएको छ ।
दू’र्घटनामा परि अटो चालक धरान सुनसरी १७ का अन्दाजी वर्ष ४५ खड्ग बहादुर कामीको घट्ना स्थलमै मृ’त्यू भएको प्रदेश १ ट्राफिक प्रहरी प्रवक्ता सुमन कुमार तिम्सिनाले जनकारी दिनुभयो ।
धरानबाट तेह्रथुम तर्फ आउदै गरेको को १ ख ४४८० नं को बस र को २ ह ७०४१ नं को अटो एक आपसमा ठोकिंदा अटो चालकको घटना स्थलमै मृ’त्यू भएको हो ।
दूर्घटनामा परि ताप्लेजुङ जिल्ला लिखुम २ स्थायी घर भई हाल भेडेटार बस्ने बर्ष १५ कि उषा लिम्बु ग’म्भिर घा’इते भएकी छिन । उहाँ अटोमा सवार हुनुहुन्थ्यो । उहाँलाई उपचारका लागि विपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ । दूर्घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दूर्घटनाग्रस्त टेम्पो र बसका चालक धनकुटा महालक्ष्मी २ हाल सुनसरी धरान १७ बस्ने बर्ष ४५ का गोबिन्द कटुवाल इलका प्रहरी कार्यलय धरानको नियन्त्रणमा छन् ।


