लोकसेवा आयोगले परिक्षा जुधाउंदा विद्यार्थीलाई समस्या
धनकुटा,३ बैशाख । लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोग प्रदेश न १ ले एकै दिन परिक्षा संचालन गर्दा विद्यार्थीलाई मार परेको छ ।

लोकसेवा आयोगले रा.प. अंन प्रथम श्रेणी अप्राविधिक नायब सुब्बा सो सरह र सहायक स्तर चौथो खरिदार सो सरहको परिक्षा आज एकै दिन संचालन गर्दा विद्यार्थी लाई समस्या भएको र कतिपय विद्यार्थीहरु दुवै आयोगले खुलाएको परिक्षा दिनबाट समेत असमर्थ भएको बताएका छन् ।
लोकसेवा आयोगले धनकुटा कार्यालय अन्र्तगत विज्ञापन गरेका परिक्षाहरु धनकुटा,इलाम र खोटागमा विहान १० बजे र ३० मिनेट बाट संचालन गरेको थियो परिक्षा समय ४५ मिनेटको मात्र भए पनि प्रदेश लोकसेवा आयोग प्रदेश न १ ले विज्ञापन गरेको परिक्षा पनि आजै दिउँसो ३ बजे संचालन गरेको थियो ।
जसले धनकुटा र विराटनगर परिक्षा केन्द्र परेका बाराका परिक्षार्थी सुमन कुमार दासले भने लोक सेवा आयोगले परिक्षाको समय जुदाउँदा आफूलले चाहेर पनि विराटनगरको परिक्षा दिन नसकेको बताए । जसले गर्दा इलाम र खोटाग तथा विराटनगर बाट एकै दिन परिक्षा दिने विद्यार्थीहरु ठूलो मारमा परेका हुन् ।
लोकसेवा आयोगमा यसबारे सम्पर्क गर्दा शनिवार भएकोले लोकसेवा आयोगका आधिकारिक व्यक्ति संग सम्पर्क हुन सकेन ।


