सहिदभुमि गाउँपालिकामा सूरक्षा गार्ड सम्बन्धि ३२ दिने तालिम सम्पन्न
धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिकामा सूरक्षा गार्ड सम्बन्धि ३२ दिने तालिम सम्पन्न भएको छ ।
तालिमको एक ओैपचारिक कार्यक्रमको बीच समापन गरिएको हो । तालिममा १८ देखि ३५ वर्ष उमेर समुह ३१ जनाले सहभागिता जनाएका थिए ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि मनोज राई र वडा नं ६ का वडा अध्यक्ष हेमकुमार राईले प्रमाणपत्र वितरण गरेका थिए । तालिम दुधकोशी टेक्निकल ट्रेनिङ एण्ड कन्सल टेन्सि प्रालिका प्रशिकहरुले दिएका थिए ।
तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष र वडा नं ६ का वडा अध्यक्षले सहभागिहरुलाई आफुले सिकेको सिप सदुपयोग गर्न सुझाव दिएका थिए ।


