श्रीमान टंक माविद्वारा अभिभावकहरुसँग अन्तरक्रिया

धनकुटा । श्रीमान टंक माध्यमिक विद्यालय धनकुटा २ भिरगाउँले आज अङ्ग्रेजी मध्यम तर्फका अभिभावकहरु सँग अन्तरक्रिया गरेको छ ।

विद्यालयका प्रधानाध्यापक नरबहादुर विश्वकर्माको अध्यक्षता तथा धनकुटा नगरपालिका वडा नं २ का वडाध्यक्ष चन्द्रलाल तामाङको प्रमुख आतिथ्यमा भएको अन्तरक्रियाले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ ।

प्रधानाध्यापक विश्वकर्माका अनुसार अन्तरक्रियामा विद्यार्थी भर्ना अभियान अवधि भित्रै आफ्ना वालवालिकाहरुलाई विद्यालय भर्ना गरिसक्ने, विद्यालय सुचारु हुनु अगावै आफ्ना वालवालिकाका लागि विद्यालय पोषाक तयार गरि विद्यालय पठाउने,कक्षा ५ सम्मका वालवालिकाहरुलाई अभिभावकले टिपिन समयमा अनिवार्य घरायसी खाजा तयार गरी ल्याएर खुवाउने र विद्यालयमा थप शैक्षिक गुणस्तर वृद्धीका लागि अभिभावकहरुले सधैं सहयोगको भूमिका निर्वाह गर्ने निर्णय भएको छ ।

प्राय वाहिरको जंक फुडहरुले वालवालिकाको स्वास्थ्यमा नकरात्मक असर पर्ने कुरालाई मध्य नजर गर्दै त्यस्तो नहोस् भन्ने उद्देश्यले घरायसी खाजामा जोड दिईएको विद्यालयले जनाएको छ ।

अन्तरक्रियामा बोल्दै वडाध्यक्ष तामाङले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आउदो शैक्षिकसत्रमा स्थानिय तहबाट निश्चित मापदण्ड अनुसार वजेट विनियोजन गरिदने वताउनुभएको छ । यो विद्यालयमा नेपाल सरकारको मापदण्ड अनुसार कै पाठ्यक्रम लागुगरि विगत तीन वर्ष देखी कक्षा ४ सम्म अभिभावकहरु चाहाना र माग अनुसार अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ ।

अन्तरक्रियाको सञ्चालन शिक्षक सरोज दाहालले गर्नुभएको थियो । स्वागत मन्तव्य सहप्रधानाध्यापक दार्णचार्य घिमिरेले राख्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।