भारती माध्यमिक विद्यालयले अभिभावक भेला, छात्रवृति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका १ मा रहेको भारती माध्यमिक विद्यालयले अभिभावक भेला, छात्रवृति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा पहलमान यशोदा स्मृती पुरस्कार बाट गतबर्षको एसइई परिक्षामा उत्कृष्ट अंक ल्याई प्रथम हुने भगवती लिम्बु लाई प्रसंशा प्रत्र सहित नगद ११ हजार ५ सय २२ रुपैयाँ प्रदान गरिएको थियो त्यस्तै दोस्रो हुने पुजा कुमारी लिम्बु लाई जगल ७ हजार ६ सय ८१ रुपैयाँ प्रदान गरिएको थियो साथै कक्षा नर्सरी देखि कक्षा ११ सम्मका प्रथम, दोस्रो र तेस्रो हुने साथै उत्कृष्ट विदालय उपस्थिती र अनुसासित विद्यार्थी लाई पुरस्कार समेत वितरण गरिएको विद्यालयका शिक्षक लोकमणी घिमिरेले जानकारी दिनु भयो ।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादनबाट विद्यालयका कर्मचारी लई समेत नगद पुरस्कार सहित प्रमाण पत्र समेत प्रदान गरिएको थियो । साथै बृटिस आर्मि भिमराज राईले विद्यालयको तर्फ बाट यस बर्षको एसइइ परिक्षमा सहभागि हुने ३६ जना विद्यार्थी लाई १० हजार रुपैयाँ प्रलान गर्नु भएको विद्यालयले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथी वडा अध्यक्ष पुखमान आले, विशेष अतिथी पहलमान यशोदा स्मृती छात्रावृति कोषका सस्थापक प्रतिनिधी केन्द्रबहादुर बुढाथोकी रहनु भएको थियो भने अतिथी भिमराज राई लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममाको सभापतीत्व विद्यालयका प्रध्यानाध्यापक रुद्र बहादुर विश्वकर्माले गर्नु भएको थियो भने कार्यक्रमको स्वागत मतव्य शिक्षक लोकमणी घिमिरेले गर्नु भएको थियो ।


