धनकुटामा मुख्य निर्वाचन अधिकृत र सातै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
धनकुटा,८ चैत । यहि बैशाखमा हुने स्थानीय तह निर्वाचन गराउनका लागि धनकुटाका ३ नगरपालिका र ४ गाउँपालिका रहेको धनकुटामा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

सदरमुकाम स्थित सामुदायिक भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । धनकुटाको मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला अदालत धनकुटाका न्याधिश फणिन्द्र प्रसाद पराजुली नियुक्त हुनुभएको छ ।

त्यस्तै पाख्रिवास नगरपालिकाको कार्यालय भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पाख्रीबास नपाको निर्वाचन अधिकृतको रुपमा राजेन्द्र भट्टराई नियुक्त हुनु भएको छ ।

त्यसैगरि आजै अन्य पालिकामा पनि कार्यालय स्थापना गरिएको छ । महालक्ष्मी नगरपालिका निर्वाचन अधिकृत लक्ष्मीदेवी हुमागाई ,शहिदभुमी गाउँपालिकामा रुद्धमणी गिरी,साँगुरीगढी गाउँपालिमा रत्नबहादर कटुवाल, छथरजोरपाटी गाउँपालिकामा गोकुल प्रसाद निरौला र चौविसे गाउँपालिकामा राजन बास्तोला निर्वाचन अधिकृतको रुपमा नियुक्त भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ ।

सातै पालिकामा निर्वाचन अधिकृतको कार्यालय
चितवन, ८ वैशाख ९रासस० : निर्वाचन आयोगले आज जिल्लाका सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । भरतपुर महानगरपालिका–१० स्थित उद्योग प्रशिक्षण प्रतिष्ठानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो भने छ पालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतसहित १० कर्मचारी खटिएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा नौ जनाका दरले कर्मचारी रहने छन् ।
आयोगले मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीलाई खटाएको छ । निर्वाचन अधिकृतका रूपमा रत्ननगरमा राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव विनोदकुमार गौतम, खैरहनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमतीका उपसचिव सरस्वती पौडेललाई खटाइएको छ ।
राप्तीमा महान्यायधिबक्ताको कार्यालयका श्यामप्रसाद दाहाल, कालिकामा जिल्ला उपन्यायाधीवक्ता महेशप्रसाद खत्री, माडीमा जिल्ला समन्वय अधिकारी चुडामणि शर्मा गौतम र इच्छाकामनामा जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यलाई खटाइएको छ । निर्वाचन अधिकारीसहित सबै निर्वाचन अधिकृतलाई वैशाख १ र २ गते आयोगले तालिम दिएको कार्कीले जानकारी दिुभयो । कार्यालयहरूले आजै निर्वाचन कार्यक्रम प्रकाशित गर्ने छन् ।


