धनकुटा जिल्ला भरिनै भोलि यत्ति समयका लागि विद्युत सेवा अवरुद्ध हुने

धनकुटा । भोलि शनिबारको दिन जिल्ला भरिनै विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले जनाएको छ ।

शाखाले आफ्नो फेसबुकमा लेखेको छ -भोलि बिहान ८:०० देखि ९:०० बजे सम्म १ घण्टा दुहबी गृडबाट मर्मत कार्यका लागि लाइन सटडाउन हुने हुँदा धनकुटा जिल्ला भरि विद्युत अवरुद्ध हुनेछ ।

ने.वि.प्रा. बेलबारी वितरण केन्द्रले आफ्नो ३३ केभी बेलबारी फिडरको कण्डक्टर ट्विनिङ कार्य गर्न तथा खनार स्थित ३३ केभी को स्विच मर्मत गर्न को लागि धरान वितरण केन्द्र अन्तर्गत को ३३ केभी धरान फिडर सटडाउन उपलब्ध गरिदिन अनुरोध गरेकोले विहान ८ बजे देखी ९ बजे सम्म १ घण्टा को लागी धरान उपमनपाको सम्पूर्ण क्षेत्र र बराह नपा को आँशिक क्षेत्रमा विधुत अवरुद्द हुने व्यहोरा समस्त ग्राहकवर्गहरु मा सुचित गरिन्छ । यस बाट ग्राहक वर्ग मा पर्न जाने असुबिधा प्रती ने वि प्रा धरान वितरण केन्द्र क्षमाप्रार्थी छ ।

६९ प्रतिशतले बढ्यो निर्यात
– समुन्द्रा घिमिरे/काठमाडौँ, ९ वैशाख (रासस) ः चालू आर्थिक वर्ष २०७८÷७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।

विभागको तथ्याङ्कअनुसार नौ महिनामा रु एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट रु ९४ अर्ब ७६ करोड ७१ लाख बराबरको सामान निर्यात भएको थियो ।

चालू आवको नौ महिनामा निर्यातसँगै आयातमा समेत वृृद्धि भएको छ । नौ महिनामा ३१ दशमलव ९७ प्रतिशतले आयातमा वृद्धि हुँदै रु १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख बढीको आयात भएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा रु ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख बढीको आयात भएको थियो ।

२८ प्रतिशतले बढ्यो व्यापार घाटा

निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । चालू आवको नौ महिनामा रु साढे १४ खर्ब बढीको आयात हुँदा २८ दशमलव ४७ प्रतिशतले व्यापार घाटा बढेको हो । चालू आवको नौ महिनामा नेपालले रु १३ खर्ब छ अर्ब ८९ करोड बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले रु १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यस्तैगरी चालू आवको नौ महिनामै नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा रु १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख बराबरको पुगेको भन्सार विभागले जनाएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा रु बाह्र खर्ब छ अर्ब १६ करोड २५ लाख बराबरको वैदेशिक व्यापार भएको थियो ।

दुई खर्बको पेट्रोलियम पदार्थको आयात

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८÷७९ को पहिलो नौ महिनाको तथ्याङ्कअनुसार नेपालले रु दुई खर्ब बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ ।

नौ महिनाको अवधिमा नेपालले डिजेल, पोट्रोल र खाना पकाउने एलपी ग्यासका लागि रु एक खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो ।

तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा सबैभन्दा बढी डिजेलको आयात भएको छ । यस अवधिमा रु एक खर्ब पाँच अर्ब ९७ करोड ५३ लाख ९५ हजार बढीको डिजेल र रु ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार बढीको पेट्रोलको आयात भएको हो ।

रु ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार बढीको खाना पकाउने एलपी ग्यासको आयात भएको छ । नौ महिनाको अवधिमा रु ४५ अर्ब ५८ करोड ११ लाख ११ हजारको सोयाविन तेल, रु ३२ अर्ब चार करोड ७८ लाख बराबरको पाम तेल, रु ३१ अर्ब ८५ करोड ३६ लाख बराबरको खोप र रु २८ अर्ब ५४ करोड ९० लाख बराबरको सुन आयात भएको छ ।

१६२ देशबाट आयात

विभागले सार्वजनिक गरेको चालू आवको पहिलो नौ महिनाको अवधिमा नेपालमा १६२ देशबाट रु १४ खर्ब ६६ अर्ब बढीको आयात भएको छ ।

तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । नौ महिनामा नेपालले भारतबाट रु नौ खर्ब १७ अर्ब २४ लाख बढीको आयात गरेको छ भने रु एक खर्ब २७ अर्ब ८९ करोड ५४ लाख बराबरको निर्यात गरेको छ ।

नेपालले भारतसँग मात्रै रु सात खर्ब ७३ अर्ब ८० करोड ७० लाख बढीको व्यापार घाटा व्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट नौ महिनामा रु दुई खर्ब ११ अर्ब पाँच करोड ८० लाख बराबरको आयात भएको छ भने रु ६२ करोड २८ लाख ६२ हजारको मात्र निर्यात भएको छ । चीनसँग मात्र रु दुई खर्ब १० अर्ब ४२ करोड ५१ लाख बराबरको व्यापार घाटा रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।