धनकुटामा धर्ना

धनकुटा, १३ बैशाख । निर्माण ब्यबसायी संघ धनकुटाले मंगलबार जिल्ला प्रशासन कार्यलयमा धर्ना दिएको छ । निर्माण सामाग्रीमा भएको उच्च मुल्य बृद्धि, निर्माण कार्यको म्यादथप, सार्वजनिक खरिद नियामावलीको एघारौ संशोधनमा आएका केहि प्रावधान, विमा निर्दैशिका लगायत संशोधन र खारेजीका विषय लाई लिएर निर्माण व्यावसायीहरुले प्रशासनमा धर्ना दिएको निर्माण ब्यबसायी संघ धनकुटाका कार्यबाहक अध्यक्ष प्रकास थुलुङ राईले जानकारी दिए ।

निर्माण सामग्रीमा उच्च मुल्य बृद्धि हुदा पनी ठेक्का प्रक्रियाको दररेटमा कुनै हेरफेर नगरिएको भन्दै त्यसको सम्बोधनको लागि समेत आन्दोलित हुनु परेको व्यावसायीको भनाई छ । माग सम्बोधन नभए सम्म आन्दोलन जारी रहने जनाइएको छ । उनिहरुले अत्याबश्यक निर्माण बाहेक अन्य निर्माणका कार्यलाइ कन्ट्रक्सन होलिडे गर्न समेत माग गरेको छन् । धर्ना पछि उनिहरुले नाराबाजी सहित बजार परिक्रमा गरेका थिए ।

यो पनि पढ्नुहोस्…
झापाका अधिकांश पालिकामा पुरुष नै उपप्रमुख÷उपाध्यक्ष
झापा, १३ वैशाख (रासस) ः सत्तारूढ गठबन्धनले झापाका अधिकांश पालिकाको उपप्रमुख÷उपाध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएको छ ।

जिल्लामा रहेका १५ पालिकामध्ये गठबन्धनले १२ पालिकामा पुरुषलाई नै उपप्रमुख÷उपाध्यक्षको उम्मेदवार बनाएको हो ।

नेपाली कांग्रेसले १५ वटै पालिकाको प्रमुख पद र नेकपा (माओवादी केन्द्र) ले उपप्रमुख÷उपाध्यक्ष पदमा उम्मेदवार बनाउने सहमति सत्तारुढ गठबन्धन दलबीच भएको थियो । सोही सहमतिका आधारमा उम्मेदवार तय गर्दा माओवादी केन्द्रले अधिकांश पालिकामा उपप्रमुख÷उपाध्यक्ष पदमा पुरुषलाई नै उम्मेदवार बनाएको बताइएको छ ।

गठबन्धनका तर्फबाट मेचीनगरमा प्रकाश भण्डारी, बिर्तामोडमा सिपी कँडेल, भद्रपुरमा शिवराज भण्डारी, गौरादहमा पुष्प ढकाल, शिवसताक्षीमा महेन्द्र भट्टराई, अर्जुनधारा नगरपालिकामा जिनेश योञ्जन र बाह्रदशीमा शङ्कर सेढाईं, कमलमा पर्शु सुवेदी, बुद्धशान्तिमा खड्ग तिम्सिना, गौरीगञ्जमा अमन राजवंशीलाई उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यसैगरी झापा गाउँपालिकामा मुनावती गणेश उपाध्यक्षमा र दमक नगरपालिकामा रेगिना उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । गठबन्धन नगर्दा सबै पालिकामा महिला अनिवार्य हुने व्यवस्था संविधानमै उल्लेख छ । हल्दिवारी र कचनकवल गाउँपालिका तथा कनकाई नगरपालिकामा गठबन्धनमा सहमति नभएपछि दुवै दलले उपप्रमुख÷उपाध्यक्षमा महिलालाई नै उम्मेदवार बनाएको बताइएको छ ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तारामणि सापकोटाले पुरुष नभई जितिँदैन भन्ने सामाजिक सोचका कारण पनि महिलाले अवसर नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीमा क्षमता भएका धेरै महिला छन् तर गठबन्धन हुँदा महिला पुरुषलाई मिलाएर लैजानुपर्ने बाध्यकारी अवस्था नहुँदा पनि संविधानमा भएको व्यवस्थालाई क्रस गरिएको हो ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।