पाख्रिबासमा मनोनयन दर्तामा उजुरी परेकाले पाए क्लिन चिट
धनकुटा । आउने बैसाख ३० को स्थानिय तहको निर्वाचनका लागि धनकुटाको पाख्रीबास नगरपालिकामा उपप्रमुख पदका लागि नेकपा(एमाले) बाट मनेनयन दर्ता गराएका नम्रता गौतम र वडा नं १० बाट अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका हरि बहादुर खत्री बिरुद्द निर्वाचन अधिकृतको कार्यालय पाख्रीबासमा उजुरी परेको थियो ।
उनीहरु बिरुद्द प्रचलित ऐन विपरित मासिक अनुगमन शुल्क लिएको भन्दै उजुरी परेको थियो ।
उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालय पाख्रीबासले सुचना जारी गर्दै हिजो आफ्नो सफाइको लागि सबुत लिएर उपस्थित हुन अनुरोध गरेको थियो ।
वहांहरुले पेश गर्नु भएको सबुत,प्रमाणबाट प्रचलित ऐन विपरित भत्ता नलिएको देखिएकोले क्लिन चीट दिइएको निर्वाचन अधिकृतको कार्यालय पाख्रीबासले जनाएको छ ।
निर्वाचन कार्यतालिका अनुसार आज प्रकाशित नामावलीमा मनोनयन दर्ता गरिएकै दिनको सम्पूर्ण नामावली प्रकाशित गरिएको छ ।


