धनकुटामा ८ सय ५७ जना म्यादी प्रहरी परिचालन
धनकुटा,बैशाख १६ । बैशाख ३० गते हुने स्थानिय तह निर्वाचन सुरक्षाका लागि धनकुटामा ८ सय ५७ जना म्यादी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
नेपाल सरकारको निर्णय अनुसार धनकुटा जिल्लामा छनौट तथा तालिम पश्चात आवश्यक वन्दोवस्थी सहित जिल्ला तथा मातहतमा ८ सय ५७ जना म्यादी प्रहरी परिचालन गरि सकेको कार्यलयले जनाएको छ ।
अहिले सम्म जिल्लाको शान्ति सुरक्षा मजबुत रहेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखबाट निरन्तर अनुगम तथा निर्देशन भइ रहेको समेत कार्यालयले जनाएको छ।


