‘सम्बृद्ध,सुन्दर सहिदभुमी बनाउन युवाहरुको भिजन र नेतृत्वको आवश्यकता ठानेरै हामीले उम्मेद्धारी दिएका हौ’ -स्वतन्त्र उम्मेद्धार
धनकुटा । ‘मुलुक सम्बृद्ध बनाउन नयाँ सोच जोस् जाँगर र ईच्छा शक्ति भएका युवाहरुको आवश्यक्ता छ’ भन्नुहुन्छ धनकुटा सहिदभुमी गाउँपालिका अध्यक्ष पदका स्वतन्त्र उम्मेद्धार अनिष पुमा राई ।
यहि सोचका साथ २४ वर्षका अनिषले स्थानिय तहको निर्वाचनका लागि स्वतन्त्र उम्मेद्धारी दर्ता गराउनुभएको छ । यो निर्वाचनका लागि धेरै स्थानमा स्वतन्त्र उम्मेद्धारहरुले आफ्ना उम्मेद्धारी दर्ता गराएका छन् ।
कसैले आफु सम्मिलित पार्टी भित्रकै फरक मत रख्नेहरुको मतको कदर गर्ने भन्दै त कसैले आफ्नो ठाउँको विकासको कुरालाई प्राथामिक्तामा राखेर स्वतन्त्र उम्मेद्धारी दिएका छन् ।
अहिले आफु कुनैपनि पार्टीका संलग्न नभएको बताउनु हुने अनिष भने मुलुक सम्बृद्ध बनाउन नयाँ सोच जोस् जाँगर र ईच्छा शक्ति भएका युवाको आवश्यक्ता महशुष गरेरै आफुले गाउँपालिका अध्यक्ष पदमा आफुले स्वतन्त्र उम्मेद्धारी दिएको बताउनुहुन्छ ।
सम्बृद्ध र सुन्दर सहिदभुमी बनाउन युवाहरुको भिजन र नेतृत्व नै अहिलेको आवश्यकता हो भन्ने ठानेरै आफु सहित स्वतन्त्र तर्फ नै गाउँपालिका उपाध्यक्षमा २८ वर्षकी रमन कुमारी राईले उम्मेद्धारी दर्ता गराउनु भएको भएको छ ।
सहिदभुमी गाउँपालिकालाई सामजिक रूपान्तरण समावेशिता र सहभागिता मुलक लोकतान्त्र र सम्बृद्धी सहितको बिकासका लागि आफुहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्ने स्वतन्त्र उम्मेद्धारहरुले बताएका छन् । आफुहरुले कुनै पनि तहमा निर्वाचन जिते गाउँ टोल, समाज र राष्ट्रको सेवा गर्ने उनिहरुको चाहाना छ ।
त्यस्तैगरि वडा नं दुईमा वडा अध्यक्ष पदका लागि हेमराज किराँती खुल्ला महिला सदस्यमा पुजन राई, दलित महिला सदस्यमा खुसीमया विश्वकर्मा र खुल्ला सदस्यहरुमा हिकमत राई र हस्त राईले स्वतन्त्र उम्मेद्धारी दिएका छन् ।


