पाख्रीबासमा गठबन्धनले खोल्यो खाता, वडा ९ बाट दलित महिला सदस्य निर्विरोध
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ९ बाट दलित महिला सदस्यमा गठबन्धनका तर्फबाट डम्बर माया दर्जी निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय पाख्रीबासबाट जारी गरिएको सुचनामा दर्जी निर्विरोध निर्वाचित गरिएको जनाइएकोछ ।

यो पनि पढ्नुहोस्…
पाख्रीबास नगरमा नेकपा(एस) बाट मनोनयन दर्ता गरेका प्रमुख-उपप्रमुख सहित ८ जनाले लिए मनोनयन फिर्ता
धनकुटा । आउने बैसाख ३० को स्थानिय तहको निर्वाचनका लागि धनकुटाको पाख्रीबास नगरपालिकामा नगर प्रमुखमा ६ र उपप्रमुख पदको लागि ५ जनाको मनोनयन दर्ता गराएको थियो ।
नगर प्रमुख पदमा नेकपा एमालेका भीम बहादुर राई,गठबन्धनबाट नेपाली कांग्रेसका ज्ञान बहादुर गुरुंग,नेकपा(एस) का गोपाल बराइली,राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञान बहादुर पौडेल,मंगोल नेशनल अर्गनाइजेशनका डेभिड राई र स्वतन्त्र उम्मेदवार चकेन्द्र बहादुर बस्नेतले मनोनयन दर्ता गरेका थिए ।
त्यसैगरि उपप्रमुख पदका लागि नेकपा(एमाले) का नम्रता गौतम,गठबन्धनबाट नेकपा(माओवादी केन्द्र) का ओम प्रकाश निरौला,नेकपा(एस) का सावित्रा घिमिरे,राष्ट्रिय प्रजातन्त्र पार्टीका रुद्र कुमारी आले र स्वतन्त्र उम्मेदवारका रुपमा देव कुमारी बस्नेतले मनोनयन दर्ता गरेका थिए ।
निर्वाचन कार्यतालिका अनुसार आज मनोनयन दर्ता गरेका उम्म्दवारले फिर्ता लिन चाहे फिर्ता गर्ने तोकिएको दिन थियो । जस अनुसार नगरमा ८ जनाले मनोनयन फिर्ता लिएका छन् ।
मनोनयन फिर्ता लिनेमा नेकपा(एस) बाट प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता गरेका गोपाल बराइली र सावित्रा घिमिरे रहेका छन् । त्यस्तै नपा वडा १ बाट जनता समाजवादी पार्टीका तर्फबाट वडा सदस्यमा मनोनयन दर्ता गराएका गणेश बहादुर पराजुली, सोही वडाका वडा अध्यक्षमा स्वतन्त्रबाट मनोनयन दर्ता गरेका लोकेन्द्र तामांग रहेका छन् ।
त्यसैगरि वडा नं ३ वडा अध्यक्षमा नेकपा(एस) बाट मनोनयन दर्ता गरेका वेद बहादुर बस्नेत,वडा १ मा वडा अध्यक्षमा नेकपा(एस) बाट मनोनयन दर्ता गरेका भोलानाथ अधिकारी, वडा ४ का वडा अध्यक्षमा स्वतन्त्र मनोनयन दर्ता गरेका मिन बहादुर गुरुंग र वडा नं १० वडा स्वतन्त्रबाट अध्यक्ष पदमा मनोनयन दर्ता गराएका विरेन्द्र समाल मगरले रहेका छन् ।


